कर्णाली प्रदेशसभाका सुरुवाती बैठकहरूमा प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले भन्ने गर्थे– ‘प्रदेशको विकासका सवालमा कांग्रेस कहिल्यै प्रतिपक्षी बन्दैन ।’ शून्य समय, विशेष समयमा बोल्ने सत्तापक्षकै कतिपय सांसद सरकारप्रति आक्रामक बनिरहँदा प्रतिपक्षी मौन बस्थे ।
मलेसिया जाने नेपाली कामदारसँग अनधिकृत रूपमा शुल्क उठाइएको भन्दै परेको ठगी मुद्दामा जिल्ला अदालत काठमाडौंले थुनछेक आदेशमा ‘उदार’ दृष्टिकोण राख्दै धरौटी माग गरेको छ । अर्बौं रकम बिगो दाबी गरिएको उक्त मुद्दामा पर्याप्त प्रमाण र आधार हुँदाहुँदै अदालतले १० लाख रुपैयाँ मात्रै धरौटी मागेको हो ।
सरकारले काठमाडौं उपत्यकाका तीन जिल्लामा विरोध प्रदर्शन गर्ने निश्चित स्थानहरु तोकको छ । सरकारले तोकेको स्थानबाहेक विरोध प्रदर्शन गर्न नपाईने र गरेमा कानुनअनुसार कारबाही हुने पनि गृह मन्त्रालयले जनाएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ उपदफा १ ले भन्छ, ‘सबै स्थानीय तहका उपाध्यक्ष, उपप्रमुख वा कार्यपालिकाले तोकेको सदस्यले आगामी आर्थिक वर्षको बजेट असार १० गतेभित्रै सभामा पेस गर्नुपर्छ ।’ सोही दफाका विभिन्न उपदफामा बजेटमाथि कार्यतालिका बनाई १५ दिनभित्र छलफल सक्नुपर्ने, परिमार्जन गर्न सकिने र असार मसान्तभित्र बजेट पारित गरिसक्नुपर्ने उल्लेख छ ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट जनवादी गणतन्त्रको चीनको ६ दिवसीय भ्रमणमा बारेमा राष्ट्रिय सभालाई जानकारी गराएका छन् ।
अर्थमन्त्री डा युवराज खतिवडाले प्रतिनिधिसभामा बिहीबार प्रस्तुत भएको सार्वजनिक महत्वको प्रस्तावले विनियोजनमाथिको छलफलमा प्रभावित पार्ने नभई थप सहयोग पुग्ने बताएका छन् ।
सांसद खगराज अधिकारीले प्रतिनिधिसभामा निर्माणाधीन खानेपानी, सडक, ढल, पुलेसा, सिँचाइका आयोजनाको उचित व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गर्दै सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गरेका छन् ।
सार्वजनिक स्थलमा एक महिलालाई निर्वस्त्र पारी कुटपिट गर्ने दुई महिलालाई जिल्ला प्रशासन कार्यालय दाङले जनही ६ महिना कैद र २५ हजार रुपयाँ जरिवाना तोकेको छ ।
भक्तपुरमा विगत ६ महिनामा १३ बालिका तथा किशोरी बलात्कारका घटनाबाट पीडित भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मानव अधिकार वर्ष पुस्तक-२०१९ का लागि आयोजना गरेको अर्धवार्षिक समीक्षा कार्यक्रममा इन्सेकका जिल्ला प्रतिनिधि सविना केसीले सो व्यहोरा सार्वजनिक गर्दै २०१८ जनवारीदेखि २७ जुनसम्म हत्या, कुटपिट बलात्कार तथा बलात्कार प्रयास, बाल यौनशोषण तथा दुव्र्यवहार, बहुविवाह लगायतका २४ वटा घटना भएको बताएकी हुन् ।
वालिङ नगरपालिका-१२ स्थित लाम्पाटेमा रहेको खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । केहीदिन यता परेको अविरण वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा पहिरो गएको छ । यस्तैगरी सोमबार बिहान लाम्पाटेमा ठूलो पहिरो गएको थियो । पहिरोले लाम्पाटे डाँडो नै बगाउँदा फेदीमा रहेको ठूलो मात्राको खेत बगरमा परिणत भएको स्थानीय लेखनाथ गैह्रेले बताए ।
पहिरोले बेंसीसहर–चामे सडक अवरुद्ध भएको छ । उक्त सडक हिमाली जिल्ला मनाङ पुग्ने एकमात्र सडक हो । बुधबार राति सडकका ठाउँठाउँमा पहिरो गएपछि बिहीबार बिहानैदेखि उक्त ठाउँमा सवारी आवागमन ठप्प भएको स्थानीयले बताएका छन् ।
बिहीबार बिहान ९ बजेर ५२ मिनेट जाँदा धादिङलाई केन्द्रविन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । सो धक्का २०७२ बैशाख १२ कै विनाशकारी भूकम्पकाे पराकम्प रहेको केन्द्रले बताएको छ ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले विश्व शान्तिको नेतृत्वमा अग्रणी रहेको नेपाली सेनाले उच्चस्तरको जिम्मवारी लिनसमेत सक्ने बताएका छन् । उनले शान्ति सेनामा सल्लाहकार तथा सेक्टर कमान्डरका पदमा नेपाली सेनाले अवसर पाउनुपर्ने विषय राष्ट्रसंघका उच्च अधिकारीसमक्ष राखेको रक्षा मन्त्रालय उच्च स्रोतले बतायो ।
एसईई नतिजा प्रकाशनमा भएको त्रुटिबारे प्रतिनिधिसभा बैठकमा सांसदले शिक्षामन्त्रीसँग जवाफ मागेका छन् । विनियोजन विधेयकमाथि छलफलमा बुधबार शिक्षामन्त्रीले जवाफ दिने क्रममा सांसद तेजुलाल चौधरीले त्रुटिबारे संसद्लाई जानकारी दिन माग गरेका हुन् ।
अबदेखि भारतीय कामदारलाई बिनाअभिलेख र अन्य विदेशी कामदारलाई बिनाश्रम स्वीकृति काममा लगाए रोजगारदाताले दोब्बर दस्तुर बुझाउनुपर्ने भएको छ । सरकारले भारतीय कामदारलाई पहिलोपल्ट अभिलेखीकरण गर्न लागेको हो । साथै, भारतीय र अन्य कामदार राख्न इजाजतस्वरूप २० हजार रुपैयाँसम्म दस्तुर तोकेको हो ।