जीप दुर्घटनामा वडा अध्यक्षसहित दुईको मृत्यु 

अर्जुन शाह

धनगढी — बुधबार साँझ बाजुराको त्रिबेणी नगरपालिकामा जीप दुर्घटना हुँदा वडा अध्यक्ष सहित दुई जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते छन् ।

से १ ज ९९९ नम्बरको जीप दुर्घटनामा परी त्रिवेणी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष खम्म नेपाली र सोही वडाकी लालसरा बुढाको घटनास्थलमै मृत्यु भएको छ।

Yamaha

घाइते १३ जना मध्ये सवारी चालक चन्द्र भुनीसहित ७ जनाको अछाम बयालपाटा अस्पतालमा उपचारका लागि पठाइएको स्थानीयले बताए।

जीप सडकबाटट कम्तिमा ३ सय मिटर तल खसेको छ। जीपमा सिमेन्ट र १४ जना सवारी बोकेको थियो। अत्याधिक लोडका कारण कच्ची चिप्लो सडकबाट तल खसेको हुन सक्ने प्रहरीको अनुमान छ। त्रिवेणीबाट छतारातर्फ क्रममा दुर्घटना भएको बताइएको छ।

Esewa Pasal

प्रकाशित : असार १४, २०७५ ०९:१७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

निगमले पहिलो वाइडबडी भित्र्यायाे

सुरज कुँवर, तस्बिर : कविन अधिकारी

काठमाडौँ — नेपाल वायुसेवा निगमले बिहीबार पहिलो वाइड बडी एयरबस ए३३० विमान काठमाडौंमा अवतरण गरेकाे छ ।

निगमले दुईटा वाइडबडी खरिदका लागि नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषबाट ९ प्रतिशत ब्याजमा २४ अर्ब ऋण लिएको थियाे । यी दुवै वित्तीय संस्थासँग निगमले १५ वर्षको ऋण तिर्ने भाका राखेको छ ।

निगमले दुई विमान हाइफ्लाई एक्स, जर्मन एभिएसन क्यापिटल र अमेरिकी कम्पनी एएआर कर्पोरेसनसँग मिलेर खरिद सम्झौता गरेको हाे । दोस्रो वाइडबडी विमान पनि चाडै ल्याइने निमगले जनाएको छ ।

नयाँ विमानमा १६ वटा बिजनेस श्रेणीका सहित २ सय ७४ सिट छन् । याे विमानले अहिले निगमले उडान भरिरहेको काठमाडौं–दोहा–काठमाडौं सेक्टरमा उडान भर्नेछ । तीन महिनापछि मात्रै नयाँ रुटमा उडाउने निगमकाे याेजना छ।

२०४६ सालताका निगम ११ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा उड्थ्यो। तर, अहिले अन्तर्राष्ट्रियतर्फ आठवटा गन्तव्यहरू हङकङ, बैंकक, मलेसिया, दिल्ली, मुम्बई, बैंगलोर, दोहा र दुबईमा मात्रै उडान भर्दै आएको छ।

निगमसँग अन्तर्राष्ट्रिय उडानमा अन्य दुइटा एयरबस ए३२० र एउटा बोइङ ७५७ मात्र छन्।

प्रकाशित : असार १४, २०७५ ०९:०५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT