१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

जीप दुर्घटनामा वडा अध्यक्षसहित दुईको मृत्यु 

अर्जुन शाह

धनगढी — बुधबार साँझ बाजुराको त्रिबेणी नगरपालिकामा जीप दुर्घटना हुँदा वडा अध्यक्ष सहित दुई जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते छन् ।

जीप दुर्घटनामा वडा अध्यक्षसहित दुईको मृत्यु 

से १ ज ९९९ नम्बरको जीप दुर्घटनामा परी त्रिवेणी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष खम्म नेपाली र सोही वडाकी लालसरा बुढाको घटनास्थलमै मृत्यु भएको छ ।

घाइते १३ जना मध्ये सवारी चालक चन्द्र भुनीसहित ७ जनाको अछाम बयालपाटा अस्पतालमा उपचारका लागि पठाइएको स्थानीयले बताए ।

जीप सडकबाटट कम्तिमा ३ सय मिटर तल खसेको छ । जीपमा सिमेन्ट र १४ जना सवारी बोकेको थियो । अत्याधिक लोडका कारण कच्ची चिप्लो सडकबाट तल खसेको हुन सक्ने प्रहरीको अनुमान छ । त्रिवेणीबाट छतारातर्फ क्रममा दुर्घटना भएको बताइएको छ ।

प्रकाशित : असार १४, २०७५ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?