धादिङ केन्द्रविन्दु भएर ५ रेक्टरको भूकम्प

कान्तिपुर संवाददाता

काठमाडौँ — बिहीबार बिहान ९ बजेर ५२ मिनेट जाँदा धादिङलाई केन्द्रविन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । सो धक्का २०७२ बैशाख १२ कै विनाशकारी भूकम्पकाे पराकम्प रहेको केन्द्रले बताएको छ ।

विगत केही दिन यता धादिङमा स-साना भूकम्पका धक्काहरु महसुस भइरहेको छ। मंगलबार पनि धादिङ केन्द्रविन्दु रहेर ३.८ रेक्टरको भूकम्प गएको थियो।

Yamaha

राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद लाेकविजय अधिकारीका अनुसार धादिङमा महसुस गरिएको भूकम्पको धक्का २०७२ बैशाख १२ गते भएको विनाशकारी भूकम्पकै पराकम्प हो। धक्का धादिङमा मात्रै नभइ अासपासका जिल्ला तथा काठमाडौंमा समेत महसुस गरिएको थियो ।

'बैशाख १२ को भूकम्पपछिस-साना पराकम्पहरु गई नै रहेका छन्। यसलाई अन्यथा मान्नु हुँदैन,' उनले भने, 'बैशाख १२ यता साे क्षेत्र अासपास भूकम्पीय गतिविधि कहिले बढ्ने कहिले घट्ने भइरहेको छ। तर सानो भूकम्प जाँदैमा ठूलो भूकम्प अाउँछ भनेर भविष्यवाणी गर्न मिल्दैन। यो सामान्य गतिविधि हो। अात्तिनु पर्दैन।'

Esewa Pasal

प्रकाशित : असार १४, २०७५ १०:४६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

उत्कृष्ट कवितालाई बाटो खर्च

कान्तिपुर संवाददाता

काठमाडौँ — यो वर्षको राष्ट्रिय कविता महोत्सवका लागि जम्मा ३६ जना कविका कविताहरू वाचनका लागि छानिएका थिए । उत्कृष्ट भएकैले ती कविताहरू छानिएका हुन् भन्ने कुरामा कसैको पनि दुईमत छैन ।

यद्यपि पुरस्कारका लागि ती सबैले उत्कृष्ट स्थान हासिल गर्ने कुरा आएन । त्यसो त पुरस्कृत कवि र कविताहरूबारे वर्षेनि विवाद हुने गरेको छ । त्यो कुरो छोडौं । उत्कृष्ट ३६ मध्ये ४ जना कवि/कवयित्रीहरू पुरस्कृत भए पनि उत्कृष्ट हुँदाहुँदै पनि अरू ३२ जना बाँकी रहे । पुरस्कारका लागि योग्य नठानिए पनि वाचनका लागि छानिएका कारण खुसी हुँदै टाढा–टाढादेखि आएका कविहरूलाई कमसेकम बाटो खर्चसम्म दिएर बिदा गर्न पाएको भए धेरै राम्रो हुने थियो । आगामी वर्षदेखि यस कुरामा विचार गरियोस्।
– अनुप श्रेष्ठ
ख्वप: इन्जिनियरिङ कलेज, भक्तपुर

प्रकाशित : असार १४, २०७५ १०:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT