भित्र्याउने बेला भएको बालीसहित खेत बगायो

प्रतिक्षा काफ्ले

स्याङजा — वालिङ नगरपालिका-१२ स्थित लाम्पाटेमा रहेको खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । केहीदिन यता परेको अविरण वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा पहिरो गएको छ । यस्तैगरी सोमबार बिहान लाम्पाटेमा ठूलो पहिरो गएको थियो । पहिरोले लाम्पाटे डाँडो नै बगाउँदा फेदीमा रहेको ठूलो मात्राको खेत बगरमा परिणत भएको स्थानीय लेखनाथ गैह्रेले बताए ।

स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित लाम्पाटेमा गएको पहिरो । पहिरोका कारण ४०० मुरी धान उव्जने स्थानीय ३० जनाको खेत बगरमा परिणत भएको छ । तस्बिरः प्रतिक्षा काफ्ले

चारसय मुरी धान उब्जने खेत बगर भएपछि अहिले खेतमा भइरहेको अन्नबाली पनि माटोमा परिणत भएको उनले बताए । ‘हाम्रो अन्न उव्जने मुख्य खेत नै यही हो,’ उनले भने, ‘वर्षाले लगिदियो । यही खेतमा उव्जिएको बालीले गुजारा चलेको थियो ।’ पहिरोले खेत बगाइदिएपछि यहाँका स्थानीयहरुलाई खाद्यान्न किन्नुपर्ने बाध्यता छ ।

Yamaha


डाँडाबाट आएको पहिरो ४ किलोमिटर लामो रहेको छ । पहिरोले कच्ची मोटरबाटो समेत बगाएको छ । यहाँको बस्तीमा लगिएको पिउनेपानीको पाइप बगेको छ । टारीको बारी र खरबारी पनि बगाइदिएको छ । पहिरोमा बगेका करिब ८ सय रुखहरु यत्रतत्र छरिएका छन् । पहिरोले बिजुलीको पोल झुण्डिएका छन् । जसले विद्युतय जोखिम निम्त्याएको स्थानीय बेदप्रसाद गैह्रेले जानकारी दिए ।

वर्षे धानको लागि राखिएको ६० किलो धानको बीऊ पनि पहिरोले पुरिदिएको छ । ‘पहिरोले गर्नु विनाश गर्‍यो,’ लेखनाथ पुन: भन्छन्, ‘हाम्रो यो क्षेत्रमा क्षेति पुर्‍याउने गरी यत्तिको ठूलो पहिरो आएको थाहै थिएन । पाक्न लागेका मकैसहित भित्र्याउने बेलाको पहेलपुर हिउँदे धानपनि पहिरोले पुरिदियो ।’ यो खेतबाट यहाँका स्थानीयहरुले दुई सय मुरी हिउँदे धान र बाँकी मकै भित्र्याउने गरेका थिए । स्थानीय ३० जनाको खेत पहिरोले पुरिएको बताइएको छ ।

पहिरोले बगर बनाइदिएको उक्त खेतलाई पुन: उब्जनी बनाउन समय लाग्ने स्थानीय बताउँछन । भित्रिने बेलाको लहलह खेती पहिरोले पुर्दा यहाँका बासिन्दालाई खाद्यान्नको संकट उत्पन्न हुने वालिङ नगरप्रमुख दिलीपप्रताप खाँड बताउँछन् । पहिरोले पुर्‍याएको क्षतिको विवरण नगर कार्यपालिकामा ल्याएपछि उनीहरुलाई राहातको व्यवस्था अर्थात कृषिजन्य अन्य कुनै सहयोगको व्यवस्था मिलाउने उनले बताए । पहिरोले घर र मानविय रुपमा कुनै क्षति नपुयाएको हुदाँ कहिँ कतै सहयोगको माग नराखिएको लेखनाथ बताउँछन् ।

Esewa Pasal

प्रकाशित : असार १४, २०७५ ११:१४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

मुक्ति दिवसमा शोकसभा

कमलरी मुक्तिका पाँच वर्ष
कान्तिपुर संवाददाता

नेपालगन्ज — मुक्त घोषणा भएको पाँच वर्षको उपलक्ष्यमा बाँके, बर्दिया, दाङलगायत पश्चिम तराईका जिल्लामा मुक्त कमलरीले खुसियाली साटासाट गर्नुपर्ने हो । तर, उनीहरूले बुधबार शोकसभा गरेर मुक्ति दिवस मनाए ।

दाङको घोराहीमा कमलरी मुक्ति र हत्यारालाई कारबाही मागसहित मुक्ति दिवस मनाउँदै मुक्त कमलरी । तस्बिर : दुर्गालाल केसी

बर्दियाको बढैयाताल गाउँपालिकामा कमलरी बसेकी बालिकाको जेठ २९ गते भएको मृत्युको विरोधमा उनीहरूले शोकसभा गरेका हुन् ।

यस अवधिमा आधा दर्जन कमलरीले ज्यान गुमाएको उल्लेख गर्दै तिनको ‘हत्या’ मा संलग्न व्यक्तिलाई कारबाहीको माग गरेका छन् । नेपालगन्जको बीपी चोकमा जम्मा भएका पूर्वकमलरीले हत्यामा संलग्नलाई कारबाही नभए आन्दोलनमा उत्रिने चेतावनी दिए । सरकारले २०७० असार १३ मा कमलरीमुक्त घोषणा गरेको थियो । उक्त दिनलाई उत्सवका रूपमा मनाउँदै आएका थिए । तर, यस वर्ष शोकको रूपमा मनाइएको मुक्त कमलरी विकास मञ्चले जनाएको छ ।

पछिल्लो पटक बर्दियाको बढैयाताल ७ स्थित दुर्गा भण्डारीको घरमा कमलरी बसेकी बाँसगढी ४ अस्नेरीकी ११ वर्षीया अस्मिता थारूको शंकास्पद मृत्यु भएको भन्दै छानबिनको माग गर्दै दबाबमूलक कार्यक्रम गरिरहेका छन् । अस्मिता झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । हालसम्म ६ कमलरीको काम गरिरहेका व्यक्तिको घरमै मृत्यु भए पनि कारबाही नभएको मञ्चकी केन्द्रीय उपाध्यक्ष दिलकुमारी चौधरीले बताइन् । कतिपय यौन शोषणमा परेका छन् । उनका अनुसार २२ जना कमलरी बसेकै घरधनीबाट बलात्कृत भएर आमा बन्नु परेको छ ।

‘सरकारले मुक्त गरेपछि पुन:स्थापनाका लागि १० बुँदे सहमति गरेको थियो । तर, कार्यान्वयन भएको छैन,’ मञ्चकी बाँके अध्यक्ष सीता चौधरीले भनिन्, ‘सहमति कार्यान्वयन नहुँदा मुक्तिको आभास भएको छैन ।’ कमलरीको हत्याका घटना अनुसन्धान गरी संलग्नलाई कारबाही माग गरिन् । उनका अनुसार पश्चिम तराईका ५ जिल्लामा अझै पनि ९७ कमलरीको उद्धार हुन सकेको छैन ।

मञ्चका अनुसार बर्दियामा ३६, कैलालीमा २८, दाङमा २१, कञ्चनपुरमा ७ र बाँकेमा ५ कमलरी छन् । त्यसमध्ये ६१ जना सरकारले मुक्तिको घोषणा गरेपछि नै कमलरी बसेका हुन् । ३६ जना ०७० सालभन्दा पहिले कमलरी बसेका छन् । कतिपय मुक्त कमलरी उचित पुन:स्थापना नहुनाका कारण फेरि कमलरी बस्न बाध्य छन् ।

मौन जुलुस
बर्दिया– यहाँका पूर्वकमलरीले मौन जुलुस निकालेका छन् । विगतमा खुसियालीसाथ मनाउँदै आए पनि यसपटक शोकसभाबाहेक अरू कार्यक्रम गरेनन् । अस्मिताको कमलरी अवस्थामै हत्या भएको दाबी गर्दै मौन जुलुस निकालेका हुन् ।

बुधबार जिल्ला समन्वय समितिबाट निस्केको जुलुस जिल्ला प्रहरी गेट हँुदै राधाकृष्ण थारू चोकमा शोकसभामा परिणत भएको थियो । कमलरी विकास मञ्च जिल्ला अध्यक्ष रीता चौधरीले जिल्लामा २ हजार ३ सय ३७ जना पूर्वकमलरीले परिचयपत्र नपाएको गुनासो गरिन् ।

प्रकाशित : असार १४, २०७५ ११:१०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT