भक्तपुरमा छ महिनामा १३ जना बलात्कारको शिकार

रासस

भक्तपुर — भक्तपुरमा विगत ६ महिनामा १३ बालिका तथा किशोरी बलात्कारका घटनाबाट पीडित भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मानव अधिकार वर्ष पुस्तक-२०१९ का लागि आयोजना गरेको अर्धवार्षिक समीक्षा कार्यक्रममा इन्सेकका जिल्ला प्रतिनिधि सविना केसीले सो व्यहोरा सार्वजनिक गर्दै २०१८ जनवारीदेखि २७ जुनसम्म हत्या, कुटपिट बलात्कार तथा बलात्कार प्रयास, बाल यौनशोषण तथा दुव्र्यवहार, बहुविवाह लगायतका २४ वटा घटना भएको बताएकी हुन् ।

ती घटनामा तीन जनाको हत्या, एकको हत्या प्रयास, दुईजनामा बलात्कारको प्रयास र पाँच महिला बहुविवाहबाट पीडित भएको उजुरी परेको उनले जानकारी दिइन् ।

Yamaha

गत वर्ष भने यो अवधिमा पाँच जनाको हत्या, चार जनाको बलात्कार, चार जनाको बलात्कार प्रयास भएको, दुईले बहुविवाह गरेको र दुई मानव बेचबिखनका घटनाको उजुरी परेको थियो ।

महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले मानिस सचेत हुँदै गएका कारण यस्ता घटनाको उजुरी दिन थालेकाले घटनाको संख्या बढेको बताए । घटना भएसंगै प्रहरी पनि चनाखो भएकाले दोषी उम्कन कठिन हुने उनको भनाइ थियो ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष सोम शर्मा (बजगाईं) ले महिला मैत्री कानून बनाउँदा पुरुष पीडित बन्दै गएको बताउँदै सहमतिमै यौन सम्बन्ध राख्ने तर पछि लेनदेनमा कुरा नमिलेपछि बलात्कारमा उजुरी दिने बढ्दो प्रवृत्तिलाई रोक्नुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष पुष्करराज बुढाथोकी, क्रियाशील पत्रकार मञ्चका अध्यक्ष रमेश गिरी, लोकतान्त्रिक छापा माध्यमका अध्यक्ष पेशल आचार्य, पत्रकार लीला श्रेष्ठ लगायतले आपराधिक क्रियाकलाप बढ्नु चिन्ताको विषय भएको चर्चा गर्दै यसलाई रोक्न प्रहरी र पत्रकारबीच पनि समन्वय हुनुपर्नेमा जोड दिएका थिए । मानव अधिकार सञ्जालका जिल्ला अध्यक्ष रोशनराज अर्यालले मानव अधिकार उल्लंघनका घटना रोक्न सबै जिम्मेवार हुनुपर्ने बताए ।

प्रकाशित : असार १४, २०७५ १३:१७
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

विषाक्त मदिरा सेवनबाट ६ जनाको मृत्यु भएको घटनाबारे छानबिन गर्न प्रदेश सांसदको माग 

कान्तिपुर संवाददाता

जनकपुर — प्रदेश सभा बैठकमा नेकपाका सांसद रामचन्द्र मण्डलले विशाक्त मदिरा सेवनबाट धनुषाको पूर्वोत्तर कमला नगरपालिकामा छ जनाकाे मृत्यु भएको घटना छानबिन गर्न माग गरेका छन् ।

बिहीबारको संसद् बैठकमा मण्डलले प्रहरीकै संलग्नतामा मदिरा बिक्री भएकाे भन्दै घटनाको छानबिन गर्न माग गरेका हुन् ।

यस्तै कांग्रेस सांसद नरेश यादवले प्रदेश २ लाई मदिरामुक्त प्रदेश बनाउने विधेयक ल्याउन माग गरेका छन्।

धनुषाको पूर्वोत्तर कमला नगरपालिकामा विषाक्त रक्सी (घरेलु मदिरा) सेवन गर्दा बुधबार छजनाको मृत्यु भएको थियो । आधा दर्जन बढी सिकिस्तको उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार राजविर महतो, गंगा पासवान, कमला नगरपालिका–५, लक्करका ३७ वर्षीय मनिक पासवान, ५५ वर्षीय रामचन्द्र पासवान, ४० वर्षीय रामनाथ पासवान र कमला नगरपालिका–६, सिग्याही मडानका ४७ वर्षीय साविर मियाँ अन्सारीको मृत्यु भएको हो। मंगलबार साँझ अत्यधिक रक्सी सेवन गरेर घर फर्किएका उनीहरूको अवस्था रातिदेखि नै बिग्रन थालेको थियो।

यो पनि पढ्नुहोस्ः

प्रकाशित : असार १४, २०७५ १३:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT