कामदारहरुको कानुनी प्रतिरक्षासम्बन्धी निर्देशिका मन्त्रिपरिषद्‌बाट स्वीकृत

रासस

काठमाडौँ — सरकारले वैदेशिक रोजगारीमा गएका नेपाली कामदारहरुको कानुनी प्रतिरक्षासम्बन्धी निर्देशिका-२०७५ स्वीकृत गरेको छ । 

बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्देशिका स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथासूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए।

Yamaha

बैठकले चीनका प्रधानमन्त्री ली खछ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा गरिएको मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण सफल भएको निष्कर्ष निकालेको छ। भ्रमण अपेक्षा अनुरुप नेपालको हितमा रहेको निष्कर्षमा मन्त्रिपरिषद् पुगेको मन्त्री बाँस्कोटाले जानकारी दिए।

'नेपाल र बङ्गलादेश सरकारबीच हुने द्वैध कराधान मुक्ति तथा वित्तीय छल निरोधसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न र बीमा विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय भएको छ,' सञ्चारमन्त्री बाँस्कोटाले भने।त्यसैगरी, सरकारले कर्जा सुरक्षण नियमावली, २०७५ स्वीकृत गरेको छ।

मन्त्रिपरिषद्को बैठकले कृषि विकास रणनीति कार्यान्वयनका लागि युरोपेली संघबाट प्राप्त हुने ४० मिलियन यूरो (करीब पाँच अर्ब ६ करोड) अनुदान सहयोग स्वीकार गर्ने निर्णय गरेको छ।

त्यसैगरी, बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरुपण तथा मेलमिलाप आयोगको पहिलो संशोधन विधेयक-२०७५ संसद्‌मा पेश गर्न स्वीकृत प्रदान गरेको छ।

बैठकले निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृतको छनोट, सेवाको शर्त, पारिश्रमिक तथा अन्य सुविधासम्बन्धी नियमावली-२०७५ र निक्षेप सुरक्षण नियमावली-२०७५ लाई पनि स्वीकृत गरेको छ।

प्रकाशित : असार १४, २०७५ १३:२३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

भक्तपुरमा छ महिनामा १३ जना बलात्कारको शिकार

रासस

भक्तपुर — भक्तपुरमा विगत ६ महिनामा १३ बालिका तथा किशोरी बलात्कारका घटनाबाट पीडित भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मानव अधिकार वर्ष पुस्तक-२०१९ का लागि आयोजना गरेको अर्धवार्षिक समीक्षा कार्यक्रममा इन्सेकका जिल्ला प्रतिनिधि सविना केसीले सो व्यहोरा सार्वजनिक गर्दै २०१८ जनवारीदेखि २७ जुनसम्म हत्या, कुटपिट बलात्कार तथा बलात्कार प्रयास, बाल यौनशोषण तथा दुव्र्यवहार, बहुविवाह लगायतका २४ वटा घटना भएको बताएकी हुन् ।

ती घटनामा तीन जनाको हत्या, एकको हत्या प्रयास, दुईजनामा बलात्कारको प्रयास र पाँच महिला बहुविवाहबाट पीडित भएको उजुरी परेको उनले जानकारी दिइन् ।
गत वर्ष भने यो अवधिमा पाँच जनाको हत्या, चार जनाको बलात्कार, चार जनाको बलात्कार प्रयास भएको, दुईले बहुविवाह गरेको र दुई मानव बेचबिखनका घटनाको उजुरी परेको थियो ।

महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले मानिस सचेत हुँदै गएका कारण यस्ता घटनाको उजुरी दिन थालेकाले घटनाको संख्या बढेको बताए । घटना भएसंगै प्रहरी पनि चनाखो भएकाले दोषी उम्कन कठिन हुने उनको भनाइ थियो ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष सोम शर्मा (बजगाईं) ले महिला मैत्री कानून बनाउँदा पुरुष पीडित बन्दै गएको बताउँदै सहमतिमै यौन सम्बन्ध राख्ने तर पछि लेनदेनमा कुरा नमिलेपछि बलात्कारमा उजुरी दिने बढ्दो प्रवृत्तिलाई रोक्नुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष पुष्करराज बुढाथोकी, क्रियाशील पत्रकार मञ्चका अध्यक्ष रमेश गिरी, लोकतान्त्रिक छापा माध्यमका अध्यक्ष पेशल आचार्य, पत्रकार लीला श्रेष्ठ लगायतले आपराधिक क्रियाकलाप बढ्नु चिन्ताको विषय भएको चर्चा गर्दै यसलाई रोक्न प्रहरी र पत्रकारबीच पनि समन्वय हुनुपर्नेमा जोड दिएका थिए । मानव अधिकार सञ्जालका जिल्ला अध्यक्ष रोशनराज अर्यालले मानव अधिकार उल्लंघनका घटना रोक्न सबै जिम्मेवार हुनुपर्ने बताए ।

प्रकाशित : असार १४, २०७५ १३:१७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT