निर्वस्त्र पारी महिला कुटपिट गर्नेलाई ६ महिना कैद

दुर्गालाल केसी

दाङ — सार्वजनिक स्थलमा एक महिलालाई निर्वस्त्र पारी कुटपिट गर्ने दुई महिलालाई जिल्ला प्रशासन कार्यालय दाङले जनही ६ महिना कैद र २५ हजार रुपयाँ जरिवाना तोकेको छ ।

प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले सितगंगा नगरपालिका-९ ठाडोखोला अर्घाखाँचीकी ३९ वर्षीया दिलमाया पुनलाई कुटपिट गर्ने राप्ती गाउँपालिका-१ भालुबाङकी ३५ वर्षीया रेखा गुप्ता र २९ वर्षीया अनिता गुप्तालाई बुधबार उक्त सजायको फैसला गरेका हुन् ।

Yamaha

जनही ७ हजार ८ सय २० रुपयाँ उपचार खर्च भराउने आदेश पनि भएको श्रेष्ठले जानकारी दिए । गुप्ताद्वयले आफूले भनेको मूल्यमा जग्गा बिक्री गर्न नमानेको भन्दै पुनलाई गत जेठ २५ गते भालुबाङमा कपडा च्यात्दै कुटपिट गरेका थिए । घटना भएको दिन प्रहरीले सामान्य झैझगडा भन्दै मिलापत्र गराई छोडे पनि अपमानजनक तरिकाले कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले गु्प्ताद्वयलाई जेठ २७ गते पक्राउ गरेको थियो ।

यो फैसलाले सार्वजनिक स्थलमा महिलामाथि हुने हिंसा निरुत्साहित गर्ने विश्वास लिएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए । समाजमा कानून हातमा लिएर कुटपिट गर्ने, हिंसा गर्ने जस्ता घटना बढिरहेको बेला पीडितलाई न्यायको अनुभूति गराउन र थप घटना हुन नदिन सजायको आदेश गरेको उनले बताए ।

प्रकाशित : असार १४, २०७५ १३:५०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

बलात्कार आरोपमा दुई युवक पक्राउ

नारायण शर्मा

नवलपरासी — नवलपरासीमा बलात्कार गरेको आरोपमा दुई युवक पक्राउ परेका छन् । मध्यविन्दु नगरपालिका-५ बाघखोरमा एक महिलालाई बलात्कार गरेको अभियोगमा बुधबार राति दुईजना पक्राउ परेका हुन् । 

बाघखोरकी ३५ वर्षीया एक महीलालाई बलात्कार गरेको आरोपमा मध्यविन्दू-५ बाघखोर बस्ने वर्ष ३२ का भीमबहादुर बोहोरा र प्रेम केसीलाई पक्राउ गरिएको जिल्ला प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार घटना घटे लगत्तैं पीडित महिला र छिमेकीले प्रहरीलाई खबर गरेपछि तत्काल उनीहरुलाई पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक लिलाराज लामिछानेले घटनाबारेमा अनुसन्धान भइरहेको बताए। पक्राउ परेकाहरुलाई जिल्ला प्रहरीमा राखिएको छ।

प्रकाशित : असार १४, २०७५ १३:३२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT