सरकारमाथि पार्टीको नियन्त्रण हुनु हुँदैनः उपनेता गच्छदार

रासस

विराटनगर — नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सरकार र प्रशासनमाथि पार्टीको नियन्त्रण हुनु गलत भएको बताएका छन् ।  

Yamaha

विराटनगर विमानस्थलमा बिहीबार अपरान्ह सञ्चारकर्मीसँग कुरा गर्दै उनले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका स्वतन्त्र ढंगले सञ्चालन हुनुपर्नेमा जोड दिए ।

नेता गच्छदारले सबै राजनीतिक दल र जनताको सहयोगमा २ सय ४० वर्ष लामो राजतन्त्र समाप्त गरी संघीय गणतन्त्र ल्याएको र यही सर्वमान्य व्यवस्था भएको बताए ।

कांग्रेस नेता गच्छदारले हालै प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला भएका द्विपक्षीय सहमति कार्यान्वयन भएमा त्यो राष्ट्रको हितमा हुने बताए ।

उनले वर्तमान सरकारले जनताको सुविधाका लागि यातायातमा कायम सिण्डिकेट हटाएकामा प्रशंसा गर्दै यस्ता अरू जनहितका कार्य सरकारबाट हुनुपर्ने बताए ।

निर्माण व्यवसायीहरुले गलत कार्य गरेको भएको भौतिक निर्माण मन्त्रालयले कारबाही गरी ठेक्का रद्द गर्नुपर्ने उनको भनाइ थियो ।

एक फरक प्रसंगमा उनले आगामी भदौ मसान्तसम्ममा काँग्रेस केन्द्रीय कार्यसमितिले विधान संशोधन गरी लोकतान्त्रिक फोरमसँग भएको सहमति कार्यान्वयनमा लाने विश्वास व्यक्त गरे ।

Esewa Pasal

प्रकाशित : असार १४, २०७५ १४:५९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

छोरीको हत्या आरोपमा आमा पक्राउ

रमेशकुमार पौडेल

चितवन — प्रहरीले एक महिलालाई छोरीको हत्या गरेको आरोपमा सोधपुछ गर्न नियन्त्रणमा लिएको छ ।

प्रहरीले कालिका नगरपालिका-६ सुर्यपुर सुन्दरवस्तीकी ३५ वर्षीया शोभा परियारलाई नियन्त्रणमा लिएको हो।

शोभाकी १४ वर्षीया छोरी ममताको शव असार ८ गते घाँटीमा सलको पासो लगाई पंखामा झुण्डिएको अवस्थामा आफ्नै घरमा भेटिएको थियो।

ममताले आत्माहत्या गरेको नभएर आमाले हत्या गरेको स्थानीयले आरोप लगाउदै आएका छन्।

बिहीबार स्थानीले घर अगाडि नै प्रदर्शन गरेपछि इलाका प्रहरी कार्यालय रत्ननगरले शोभालाई नियन्त्रणमा लिएको हो। शवको पोष्टमार्टम गरेर असार ९ गते नै अन्तिम संसार भइसकेको थियो।

इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले भने,'त्यो बेला आत्महत्या भन्ने कुरा थियो। अहिले हत्या भएको हो भन्ने आशंका उब्जेको छ। सोधपुछ गर्नका लागि आमा शोभालाई नियन्त्रणमा लिएका हौँ। अनुसन्धानपछि नै अन्य कुरा पत्ता लाग्ला। अहिले केही भन्न सकिन्नँ। '

प्रकाशित : असार १४, २०७५ १४:४३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT