४० हजार अमेरिकी डलरसहित युवक पक्राउ

हरिहरसिंह राठौर

धादिङ — अवैध रुपले झोलामा ४० हजार अमेरिकी डलर बोकेका युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पृथ्वीराजमार्गको सिम्लेमा स्थानीय पसलेसँग सस्तो दरभाउमा डलर साट्‌ने क्रममा प्रहरीले शंका गरी पक्राउ गरेकोथियो ।

Yamaha


प्रहरीले नवलपरासी जिल्ला सरावल गाउँपालिका–३ निवासी २८ वर्षीय आनन्दप्रसाद कलवारलाई डलरसहित पक्राउ गरेको हो ।

कलवारसँग एक सय दरका ४ सय थान अमेरिकी डलर बरामद भएको प्रहरी उपरीक्षक डम्बरबहादुर विकले बताए । कलवारले आफूसँग रकम नभएर खाना नखाएको भन्दै सस्तोमा डलर साटी दिन पसलेसँग आग्रह गरेका थिए ।

त्यति ठूलो मात्रामा नगद बोकेर सस्तो दरभाउमा साट्‌न खोज्नुले नक्कली डलरको आशंका भएपनि थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान विभाग , ललितपुर पठाईएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

Esewa Pasal

प्रकाशित : असार १४, २०७५ १७:२५
प्रतिक्रिया
पठाउनुहोस्

बेंसीसहर–चामे सडक खुल्यो

आश गुरुङ

लमजुङ — पहिरोले अबरुद्ध बनाएको बेंसीसहर–चामे सडक बिहीबार अपराह्नबाट खुलेको छ । बुधबार राति सडकका ठाउँठाउँमा पहिरो गएपछि अवरुद्ध थियो । लमजुङ खण्डमा पर्ने ३ ठाउँमा गएको पहिरो पन्छाएको अनुगमन गर्न पुगेका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताए ।

उनका अनुसार मर्स्याङ्दी गाउँपालिका-३ अर्खलेबेंसी, ४ को काप्रेभीर र मनाङ सिमानानजिकै च्याम्चे क्षेत्रमा गएको पहिरोलाई डिभिजन सडक कार्यालय दमौली, निर्माणाधिन जलविद्युत आयोजना, प्रहरी र स्थानीयको संयुक्त सहयोगमा हटाइएको हो ।

डीएसपी यादव ढकालले सडकमा खसेको पहिरो पन्छाएपछि सवारी साधन चल्न थालेको बताए । कच्ची र साँघुरो सडक भएकाले बर्खायाममा समस्या पर्न सक्ने उनले बताए । उनका अनुसार लमजुङ–मनाङ सीमाको म्यार्दीखोला पुल बनिनसकेको अवस्थामा खोलाबाट सवारी वारपार गर्न समस्या आउन थालेको बताए । मर्स्याङ्दी गाउँपालिका-४ का वडाध्यक्ष सुमन गुरुङका अनुसार सडक खुलेसँगै पैदलयात्रु पनि वारपार गर्न थालेका छन् ।

प्रकाशित : असार १४, २०७५ १७:१०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT