उपत्यकामा तोकियो विरोध प्रदर्शन गर्ने ठाउँ, अरु ठाउँमा गरे कारबाही 

जनकराज सापकोटा

काठमाडौँ — सरकारले काठमाडौं उपत्यकाका तीन जिल्लामा विरोध प्रदर्शन गर्ने निश्चित स्थानहरु तोकको छ । सरकारले तोकेको स्थानबाहेक विरोध प्रदर्शन गर्न नपाईने र गरेमा कानुनअनुसार कारबाही हुने पनि गृह मन्त्रालयले जनाएको छ । 

गृहले बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिएको हो। गृहले साउनबाट लागू हुने गरी ७५ वटै जिल्लामा विरोध प्रदर्शन स्थल तोक्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइसकेको छ।

Yamaha

धार्मिक, सांस्कृतिक र सामाजिक कामहरु गर्न रोक नलगाइने तर त्यस्ता गतिविधि गर्दा सार्वजनिक यातायात अवरोध हुन नहुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले बताए। पत्रकार सम्मेलनमा गृहमन्त्री रामबहादुर थापाले अब पहिले जस्तो जहाँ पायो त्यही विरोध प्रदर्शनगर्न नपाइने बताए।

गृहमन्त्री थापाले शान्ति सुरक्षा कायम गर्नका निम्ति विरोध प्रदर्शनका निश्चित स्थान तोकिएको तर्क गरे। हिजोका दिनमा तपाईहरुले पनि सबै ठाउँमा विरोध प्रदर्शनगर्नुभयो अहिले किन त्यही स्थानमा निषेध गर्दै हुनुहुन्छ भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘हिजोको कुरा वेग्लै थियो। अब विधिको शासन चल्छ।’ उनले शान्ति र सुव्यवस्था खलबलाउन नदिन आफूहरुले विरोध प्रदर्शनको निश्चित स्थान तोक्नु परेको बताए।

यी हुन विरोध प्रर्दशनका निम्ति तोकिएका स्थानहरु :

काठमाडौंमा
खुलामञ्च
कोटेश्वरको तीनकुने खुल्ला चौर
पेप्सीकोला खेल मैदान
सानो गौचरन फुटबल मैदान
लैनचोरको समाज कल्याण परिषद् अघिको खुल्ला स्थान
गौशालाको सिफल चौर
भूईखेल, भगवानपाउ

ललितपुरमा
च्यासल खेल मैदान
बज्रबाराही मन्दिर अघिको खुला ठाउँ
गोदावरी बसपार्कको छेउ
भैसेपाटी च्यासीकोटको खुला स्थान
लुभु ससमुच लामाटार
धोबीघाट मुहान पोखरीको छेउ

भक्तपुरमा
सल्लाघारीस्थित नेपाल ट्रस्टको ९९ रोपनी जग्गा

Esewa Pasal

प्रकाशित : असार १४, २०७५ १९:०५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मदन भण्डारी शिक्षा पत्रकारिता पुरस्कार गौतमलाई

कान्तिपुर संवाददाता

काठमाडौँ — यस वर्षको मदन भण्डारी राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार पत्रकार भवानीश्वर गौतमलाई प्रदान गरिएको छ ।मदन भण्डारी मेमोरियल कलेजको १७ औं वार्षिकोत्सवका अवसरमा पुरस्कार प्रदान गरिएको हो ।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले २५ हजार राशिको उक्त पुरस्कार प्रदान गरे । त्यस अवसरमा निमित्त क्याम्पस प्रमुख निरुजा फुयालले कलेज गुणस्तरीय शिक्षाका लागि प्रतिबद्ध रहेको बताइन् ।

प्रकाशित : असार १४, २०७५ १८:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्