प्रधानमन्त्रीको चीन भ्रमण सफल : मन्त्रिपरिषद्

कान्तिपुर संवाददाता

काठमाडौँ — मन्त्रिपरिषद्ले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण अत्यन्तै सफल भएको निष्कर्ष निकालेको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रधानमन्त्रीको हालै सम्पन्न चीनको ६ दिने औपचारिक भ्रमण अपेक्षित र नेपालका हितमा सफल रहेको निष्कर्ष निकालेको हो।

Yamaha

‘मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको चीन भ्रमण नेपालका पक्षमा काम हुने गरी सफल भएको निष्कर्ष निकालेको छ,’ सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बाँस्कोटाले संवाददातासँग भने।

त्यसैगरी युरोपेली युनियनले ५ अर्ब ६ करोड अनुदान सहायता दिने भएको छ। मन्त्रिपरिषद्ले ईयूको अनुदान सहयोग स्वीकार गर्ने निर्णय गरेको छ।

यो सहयोग कृषि विकास रणनीति कार्यान्वयनमा खर्च गरिने जानकारी बाँस्कोटाले दिए। मन्त्रिपरिषद्ले सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐनको पहिलो संशोधन विधेयक, २०७५ संसद्मा पेस गर्ने निर्णय गरेको छ।

Esewa Pasal

प्रकाशित : असार १४, २०७५ १९:२९
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

हत्याको आरोपमा दुई पक्राउ

प्रतिक्षा काफ्ले

स्याङ्जा — पुतलीबजार नगरपालिका–३ सरादुमकी ५५ वर्षीया फुलमाया विकलाई हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

जेठ २६ गते राति मादक पदार्थ सेवन गरेर हत्या गरेको मृतकका श्रीमान्‌ले जिल्ला प्रहरीमा किटानीसहित दिएको जाहेरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरीका प्रवत्ता डिएसपी प्रकाश विष्टले जानकारी दिए। डिएसपी विष्टका अनुसार पक्राउ पर्नेहरुमा मृत्तकका आफन्त छन्। मृत्तकको श्रीमान् दिबहादुरले २७ गते जिल्ला प्रहरीमा मुद्दा दर्ता गराएका थिए।

निवेदनमा किटानी गरेपछि प्रहरीले पुतलीबजार-३ सरादुमका ४६ वर्षीय जीतबहादुर विक र पुतलीबजार २ चिरुवाका ४६ वर्षीय राजु भन्ने टेकबहादुर विकलाई पक्राउ गरेको हो। जीतबहादुरलाई घटनाको ३ पछि पक्राउ गरिएको विष्टले बताए। ‘घटनापछि राजु भन्ने टेकबहादुर फरार थियो’ उनले भने, ‘विशेष खोजतलासमार्फत १४ दिनपश्चात् मध्येविन्दु नगरपालिका-५ बासपुर भन्ने स्थानमा पक्रिएको हो।’

स्याङ्जाबाट गएको प्रहरीको टोली र पूर्वी नवलपरासीको सहयोगमा पक्रिएको उनले बताए। पक्राउ परेका दुवै जनालाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतमा दर्ता गरिएको छ।

प्रकाशित : असार १४, २०७५ १९:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT