२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

हङकङमा मारिएका दिलबहादुरकी श्रीमती र छोरीलाई हङकङ आईडी

किसन राई

हङकङ — हङकङ प्रहरीले गोली हानी हत्या गरेका दिलबहादुर लिम्बूकी श्रीमती सोनी राई र छोरी तान्छोमा लिम्बूले स्थायी परिचयपत्र (परमानेन्ट आईडी) पाएका छन् । आईडीसँगै उनीहरुलाई फ्लाट र करिब चार लाख हङकङ डलर पनि उपलब्ध गराइएको छ ।

हङकङमा मारिएका दिलबहादुरकी श्रीमती र छोरीलाई हङकङ आईडी

२०६५ साल चैत्र ४ का दिन निहत्था दिलबहादुर लिम्बूलाई प्रहरी जवान हुइ का–किले गोली हानेका थिए । हो मान्तिनस्थित सार्वजनिक पार्कमा बस्ने गरेका लिम्बूले हल्ला गरेको स्थानीयले सिकायत गरेपछि हुइ त्यहाँ पुगेका थिए । आईडी चेक गर्ने क्रममा उनीहरुबीच भएको विवादमा हुइले गोली चलाएका थिए ।


घटनापछि हङकङ नेपाली महासंघको नेतृत्वमा सम्पन्न विरोध प्रदर्शनमा हजारौं सहभागी बनेका थिए । प्रदर्शन हङकङ सरकारको मुख्यालयमा पुगेर सभामा परिणत भएको थियो । उक्त घटना विश्वभर समाचारको विषय बनेको थियो । सोही क्रममा नेपालमा रहेकी उनकी श्रीमती र छोरी हङकङ आएका हुन् ।


उक्त घटनालाई लिएर बनाएको छानबिन समिति (कोरोनर्स कोर्ट) ले ‘न्यायिक हत्या’ भन्ने प्रतिवेदन दिएपछि हत्यासम्बन्धी मुद्दा लगाइएको थियो । २०६७ साल माघ ७ का दिन अदालतले समितिको प्रतिवेदन सदर गर्दै मुद्दा खारेज गरेपछि सोनी राईको तर्फबाट क्षतिपूर्तिसम्बन्धी दाबी गर्ने बताइएको थियो । पुनरावेदनको लागि आर्थिक समस्या परेपछि कानुनी लडाइँ सकिएको थियो । सुरुआती मुद्दाका लागि सरकारी आर्थिक सहयोग (लिगल एड) प्राप्त भएको थियो ।

मुद्दामामिलाकै क्रममा सरकारले केही रकम दिएर नेपाल फर्काउन चाहेको महासंघका तत्कालीन अध्यक्ष हेम लिम्बूको अनुभव रहेको छ । नेपाल फर्कनुभन्दा आईडी प्राप्त गर्न सके आमा-छोरीको जीविकोपार्जन सहज हुने भएकोले उपायको खोजी गरिएको थियो । आश्रित भिसाको लागि स्पोन्सरको रुपमा रहेका दिलबहादुर लिम्बूको मृत्यु भइसकेकोले कानुनी व्यवधान रहेको थियो । यस स्थितिमा उनीहरुको बसाइ ७ वर्ष लम्ब्याउनुको विकल्प थिएन । यसका लागि छोरीलाई स्टुडेन्ट र आमालाई संरक्षकको रुपमा भिसा प्राप्त भएको थियो ।


हङकङको अध्यागमन ऐन (इमिग्रेसन अर्डिनेन्स) अनुसार वैधानिक कागजातसहित ७ वर्ष लगातार बस्ने व्यक्तिलाई स्थायी परिचयपत्र प्राप्त हुने सोलिसिटर एकनारायण शर्मा बताउँछन् । सोही अनुसार आमा–छोरीले स्थायी परिचयपत्र प्राप्त गरेका हुन् ।

प्रकाशित : असार १५, २०७५ १७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?