कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सुनमा मिसावट गरेको अभियोगमा १४ व्यवसायी पक्राउ

कमल पन्थी

बर्दिया — सुनमा मिसावट गरेको अभियोगमा जिल्ला प्रशासन कार्यालय बर्दियाले १४ जना सुनचाँदी व्यवसायीलाई शनिबार बेलुका पक्राउ गरेकाे छ । 

सुनमा मिसावट गरेको अभियोगमा १४ व्यवसायी पक्राउ

सुनचाँदी पसलमा अनुगमन गरि संकलन गरिएको सुनकाे नमुना तथा नाप तौल गुणस्तर विभागमा जाँच गराउँदा ८ प्रतिशत अन्य धातु मिसावट गरि बेचबिखन गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।


पक्राउ पर्नेमा न्यू गण्डकी सुनचाँदी पसल गुलरियाका विजयलक्ष्मी सुनार र सन्तोषी सोनी, गण्डकी सुनचाँदी पसल गुलरियाका इश्वरी विश्वकर्मा, राप्ती सुनचाँदी पसल गुलरियाका भिमबहादुर सेन्चुरी, दंगाली सुनचाँदी पसल राजापुरका कविराम विक, लुम्बिनी सुनचाँदी पसल राजापुरका भगवान शरण सोनी, फुलराम ज्वेलर्स राजापुरका परशुराम सुनार र निम प्रकाश सुनार, गण्डकी सुनचाँदी पसल बासगढीका यमलाल विश्वकर्मा, मोडेल सुनचाँदी पसल बासगढीका ईन्द्रमान सुनार, सिता सुनचाँदी पसल बासगढीका सिता सुनार, पोखरा सुनचाँदी पसल बाँसगढीका त्रिभुवन स्वर्णकार, पर्वत मनिषा सुनचाँदी पसल बाँसगढीका शिव कुमार सुनार र स्याङ्गजा सुनचाँदी पसल बाँसगढीका संगिता सुनार रहेको स्थानीय प्रशासनले जनाएको छ ।


पक्राउ गरिएकाबिरुद्ध कालोबजारी तथा सार्वजनिक अपराध ऐन अनुसार कारवाही चलाएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले जनाए ।

प्रकाशित : असार १७, २०७५ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?