कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्रीको चीन भ्रमण स्वागतयोग्यः कमल थापा

प्रकाश अधिकारी

सुर्खेत — राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण स्वागतयोग्य भएको बताएका छन् ।

प्रधानमन्त्रीको चीन भ्रमण स्वागतयोग्यः कमल थापा

प्रधानमन्त्रीले चीन भ्रमण गर्दा त्यहाँ भएका सम्झौताहरुले आशाको किरण देखाएको बताउँदै उनले भ्रमण उपलब्धीमूलक रहेको टिप्पणी गरे ।


विरेन्द्रनगरमा आइतबारदेखि सुरु राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको कर्णाली प्रदेश भेलालाई सम्बोधन गर्न आएका थापाले सरकार स्थायी भएकाले समृद्धिको यात्रा तय गर्न सकिने आधारहरु पर्याप्त रहेको बताए ।


‘विगतमा अस्थिर सरकार हुँदा विकास निर्माणले तीव्रता पाउन सकेको थिएन,’ उनले भने, ‘अब दुई तिहाईको सरकार गठन भएको छ, यो सरकारले समृद्धिको यात्रा तय गर्नुपर्छ ।’


पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राप्रपा अध्यक्ष थापाले सरकारका गतिविधिहरुलाई नजिकबाट नियालिरहेको बताए । यद्यपि सरकारको कार्यशैली र अभिव्यक्ति हेर्दा भने आशंका पैदा भएको उनको भनाई थियो ।


‘वर्तमान सरकारले विरोध गर्न पाउने अधिकार कुण्ठित गर्ने, प्रतिपक्षीलाई दमन गर्ने लगायतका कार्य गरेको छ’ उनले भने, ‘यस्तो कार्यशैलीले देशमा एकदलीय शासन व्यवस्था लागू हुन सक्ने आशंका उब्जिएको छ ।’

प्रकाशित : असार १७, २०७५ १६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?