२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००
समाचार

News

प्रशासनले सहयोग नगरेको भन्दै डा. केसीको उपचारमा खटिएको स्वास्थ्यकर्मी टोली फिर्ता

अनशनरत डा. गोविन्द केसीको उपचारमा स्थानीय प्रशासनले सहयोग नगरेको भन्दै उनको उपचारमा खटिएको स्वास्थ्यकर्मीको टोली फिर्ता भएको छ । शनिबार दिउँसो प्रहरी हिरासतबाटै अनसन सुरु गरेका डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको र उनको उपचारका लागि तत्काल सुरक्षित स्थानमा स्थानास्तरण गर्न पटकपटक माग गरेपनि प्रशासनले सहयोग नगरको भन्दै चिकित्सकहरुको टोली फर्किएको हो । 

प्रशासनले सहयोग नगरेको भन्दै डा. केसीको उपचारमा खटिएको स्वास्थ्यकर्मी टोली फिर्ता

राति अाठ बजेपछि खुल्याे नारायणगढ-मुग्लिन सडक

मध्यान्ह पाैने १२ बजेदेखि अवरूद्ध नारायणगढ-मुग्लिन सडक अघि अाठ बजेबाट खुलेकाे छ । चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले बाटाे दुई तर्फी रूपमा नै खुलेकाे जानकारी दिएकाे छ ।

राति अाठ बजेपछि खुल्याे नारायणगढ-मुग्लिन सडक

कच्ची सडकको लेदोले घण्टौं राजमार्ग जाम [फोटोसहित]

गाउँ जोड्न निर्माण भएका कच्ची सडकको लेदो पृथ्वीराजमार्ग झर्दा सोमबार दिनभर आवागमन ठप्प भएको छ । अविरल वर्षापछि जोगिमारा बस्ती तर्फ जाने ग्रामीण सडकबाट आएको गेग्र्यानले बिहान ११ बजे लु१च २३४३ नम्बरको बोलेरो जिप पुरेको थियो । जिप पुरिँदापुरिँदै चालक सहित ३ जनालाई अन्य सवारीका चालकहरुले उद्दार गरेका थिए ।

कच्ची सडकको लेदोले घण्टौं राजमार्ग जाम [फोटोसहित]

डा.केसीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग

नेपाल चिकित्सक संघले दिनदेखि जुम्लास्थित कबर्ड हलमा अनसनरत प्रा.डा.गोविन्द केसीलाई  सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारसँग माग गरेको छ । 

डा.केसीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग

प्रदेशसभा बैठकः डा. केसीमाथि भएको धरपकडको विरोध

कर्णाली प्रदेशसभामा चिकित्सा क्षेत्रको सुधारका लागि अनशन बस्न जुम्ला पुगेका प्रा.डा.गोविन्द केसी र उनका सर्मथकमाथि गरिएको धरपकडको विरोध भएको छ । 

प्रदेशसभा बैठकः डा. केसीमाथि भएको धरपकडको विरोध

नारायणगढ-मुग्लिन सडक आज खुल्ने सम्भावना छैनः सडक आयोजना प्रमुख

नारायणगढ-मुग्लिन सडकको टोपे खोलामा गएको पहिरो हटाउन सोमबार नसकिने भएको छ । पहिरो आज सफा हुन नसक्ने भएपछि बाटो खुल्ने सम्भावना नरहेको अधिकारीहरुले बताएका छन् । पहिरो हटाउन नसक्दा मुग्लिनबाट नारायणगढ जाँदै गरेका र नारायणगढबाट मुग्लिन आइरहेका हजारौं यात्री अलपत्र परेका छन् । 

नारायणगढ-मुग्लिन सडक आज खुल्ने सम्भावना छैनः सडक आयोजना प्रमुख

बाँकेमा बाढीले थप एकको मृत्यु, मृतकको संख्या ४ पुग्यो

दुई दिनदेखि परेको अविरल वर्षापछि आएको बाढीले बाँकेमा थप एकको मृत्यु भएको छ । अब बाढीमा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ । 

बाँकेमा बाढीले थप एकको मृत्यु, मृतकको संख्या ४ पुग्यो

महाकालीमा पानीको बहाव बढ्यो

दुई दिनदेखि लगातारको वर्षापछि महाकालीमा पानीको बहाव बढेको छ । सोमबार दिउँसो ३  बजेसम्म महाकालीमा पानीको बहाव १ लाख २४ हजार क्युसेक मापन गरिएको ईलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ । 

महाकालीमा पानीको बहाव बढ्यो

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक नियमित प्रक्रियाबाट अगाडि बढ्ने

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ व्यवस्थापिका–संसद्को नियमित प्रक्रियाबाट अगाडि बढ्ने भएको छ । सरकारले आइतबार सदनमा पेश गरेको सो विधेयकमाथि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाई अगाडि बढ्न नदिएपछि अब सदनको नियमित प्रक्रियाबाट सो विधेयक अगाडि बढाउने तयारी गरेको हो । 

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक नियमित प्रक्रियाबाट अगाडि बढ्ने

देशभर नै पहिरोको जोखिम, सात वर्षमा १६ सय बढीको मृत्यु

ग्रामीण तथा पहाडी क्षेत्रमा प्राविधिकरुपमा परीक्षण नगरी सडक निर्माण गर्ने प्रवृत्ति बढेका कारण बाढी पहिरोबाट जनधनको क्षति हुने क्रम बढेर गएको छ । कमजोर भू-धरातलमा बिनाअध्ययन निर्माण गरिएका सडक संरचना, बसाइँ सराइका कारण बढेको वन फँडानी तथा अन्य मानवीय अतिक्रमणका कारण बाढी पहिरोको जोखिम बढेर गएको हो । 

देशभर नै पहिरोको जोखिम, सात वर्षमा १६ सय बढीको मृत्यु

पहिरोमा घर पुरिँदा सुत्केरी र शिशुसहित तीन जनाको मृत्यु

लगातारको वर्षाले घर भत्कँदा रोल्पामा एक शिशुसहित सोमबार तीन जनाको मृत्यु भएको छ । वर्षापछि घरमाथिबाट आएको पहिरोमा घर पुरिँदा उद्धारपछि उपचार हुनु अघि नै तीन जनाको ज्यान गएको हो ।

पहिरोमा घर पुरिँदा सुत्केरी र शिशुसहित तीन जनाको मृत्यु

डा. केसीको उपचारमा कुनै कसर बाँकी नराख्नु : प्रशासन

डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि जिल्ला प्रशासन कार्यालय जुम्लाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई उनको उपचारका कुनै कसर बाँकी नराख्नु भनी पत्र काटेको छ । 

डा. केसीको उपचारमा कुनै कसर बाँकी नराख्नु : प्रशासन

नुवाकोट–काठमाडौं जोड्ने तीन सडक अवरुद्ध

भारी बर्षात्‌का कारण राजधानी काठमाडौं जाेड्‌ने तीनवटा सडक अवरुद्ध भएका छन् । छहरे–टोखा, त्रिशूली–ककनी–बालाजु र त्रिशूली–देवीघाट–कोल्पुखोला–गल्छी सडक अवरुद्ध भएका छन् । 

नुवाकोट–काठमाडौं जोड्ने तीन सडक अवरुद्ध

बाढीले कैलालीमा एककाे मृत्यु, सय घर डुबानमा

आइतबार देखिको नियमित वर्षाले कैलालीको भजनी नगरपालिका लगायतका दक्षिणी पूर्वी क्षेत्र डुबानमा परेका छन् । एक सय बढी घरपरिवार बिस्थापित भइसकेका छन् । बर्षाले घर भत्किएर एक जनाकाे मृत्यु भएकाे छ ।

बाढीले कैलालीमा एककाे मृत्यु, सय घर डुबानमा

बाँकेमा बाढी : दुई बेपत्ता, हुलाकी सडक अवरुद्ध

दुई दिनदेखि परेको अविरल वर्षाका कारण जेठी नालामा आएको बाढीले बैजनाथ गाउँपालिका–३ का ६५ वर्षिय तुला बुढा र सोही गाउँपालिका–५ का ३५ वर्षिय लोकबहादुर सुनारलाई बगाएको छ । बैजनाथ गाउँपालिका बनकटजास्थित जेठी खोला तर्ने क्रममा बाढीले बगाएको हो । उनको खोजि भइरहेको कोहलपर प्रहरीका निमित्त प्रमुख प्रहरी निरीक्षक निरन्जन घिमिरेले जानकारी दिए ।

बाँकेमा बाढी : दुई बेपत्ता, हुलाकी सडक अवरुद्ध

नारायणगढ-मुग्लिन सडक अवरुद्ध, विभिन्न ३ स्थानमा पहिरो

नारायणगढ-मुग्लिन सडकखण्डको चारकिलो, जलविरे र टोपेखोलामा पहिरो खसेपछि बिहान ५:१० बजेदेखि सो सडक एकतर्फी मात्र सञ्चालनमा आएकोमा पुन: बिहान ८ बजे ठुलो चट्टान खसेपछि दुई तर्फी नै बन्द भएको छ ।

नारायणगढ-मुग्लिन सडक अवरुद्ध, विभिन्न ३ स्थानमा पहिरो

रुकुम पश्चिममा बस दुर्घटना, १४ जना घाइते, ३ को अवस्था गम्भीर

रुकुम पश्चिममा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ । आइतबार साँझ दाङको तुल्सीपुरबाट रुकुम पश्चिमको खलंगा आउँदै गरेको ना ४ ख ६२२६ नम्बरको बस मुसिकोट नगरपालिका–१२ को पितिबाङ खोलामा आज बिहान करीब २:३० बजेतिर दुर्घटना भएको हो । 

रुकुम पश्चिममा बस दुर्घटना, १४ जना घाइते, ३ को अवस्था गम्भीर

ईपीजी प्रतिवेदन असमझदारी चिर्न : कोसियारी

भारतको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) का नेता एवं प्रबुद्ध व्यक्ति समूह (ईपीजी) का भारत पक्षीय संयोजक भगतसिंह कोसियारीले दुई देशबीचको सम्बन्धमा देखापर्ने असमझदारी चिर्ने गरी संयुक्त प्रतिवेदन तयार भएको बताएका छन् ।

ईपीजी प्रतिवेदन असमझदारी चिर्न : कोसियारी

सीमा प्रशासनमा दुई वर्षदेखि ताला

ब्यास गाउँपालिका–१ छाङरुमा रहेको सीमा प्रशासन कार्यालय दुई वर्षदेखि बन्द छ । एकजना सहयोगीले कार्यालय कुर्दै आए पनि पछिल्ला दुई वर्षयता ती कर्मचारी ब्यास उक्लिएका छैनन् ।

सीमा प्रशासनमा दुई वर्षदेखि ताला

उपहारका गैंडा लिन विशेष विमान आउने

नेपालले उपहारस्वरूप दिने एकसिंगे गैंडा लिन चिनियाँ विशेष जहाज असार २८ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्दै छ । विमानमा भेटेरिनरी चिकित्सक/केयर टेकरसहितको टोली पनि आउनेछ ।

उपहारका गैंडा लिन विशेष विमान आउने

३ कक्षा, ३ शिक्षक, ३ विद्यार्थी !

मन्थली नगरपालिका–६ को नबुघाटस्थित पञ्चकन्या आधारभूत विद्यालयमा कक्षा, शिक्षक र विद्यार्थी संख्या बराबर छ । ३ कक्षासम्म अध्ययन हुने यो विद्यालयमा शिक्षक र विद्यार्थी पनि ३–३ जना नै छन् ।

३ कक्षा, ३ शिक्षक, ३ विद्यार्थी !

रोकियो चिकित्सा शिक्षा विधेयक

सरकारले मेडिकल कलेज सञ्चालकलाई पोस्ने गरी संसद्‌मा लगेको चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक प्रमुख प्रतिपक्षी दलको विरोधका कारण तत्काल अघि नबढ्ने भएको छ ।

रोकियो चिकित्सा शिक्षा विधेयक