नारायणगढ-मुग्लिन सडक अवरुद्ध, विभिन्न ३ स्थानमा पहिरो

रासस

चितवन — नारायणगढ-मुग्लिन सडकखण्डको चारकिलो, जलविरे र टोपेखोलामा पहिरो खसेपछि बिहान ५:१० बजेदेखि सो सडक एकतर्फी मात्र सञ्चालनमा आएकोमा पुन: बिहान ८ बजे ठुलो चट्टान खसेपछि दुई तर्फी नै बन्द भएको छ ।

नारायणगढ-मुग्लिन सडक अवरुद्ध, विभिन्न ३ स्थानमा पहिरो



जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार बिहान ती स्थानमा ठुलो पहिरो गएकाले बाटो अवरुद्ध भएको हो । पहिरो पन्छाउन थालिएको भए पनि पानी परिरहेकाले पन्छाउन कठिन भएको नारायणगढ-मुग्लिन सडक आयोजनाले जनाएको छ ।


सरकारले उच्च जोखिममा रहेका भनिएको सडकखण्डमध्ये यो एउटा सडकखण्ड हो । सडक विस्तारका क्रममा रहेकाले यो सडकखण्डको भुई कालोपत्रे भएको भए पनि समय समयमा खस्ने पहिरोका कारण सडक जोखिम पूर्ण रहेको छ ।

प्रकाशित : असार १८, २०७५ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?