२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

बाँकेमा बाढी : दुई बेपत्ता, हुलाकी सडक अवरुद्ध

ठाकुरसिंह थारु

नेपालगन्ज — दुई दिनदेखि परेको अविरल वर्षाका कारण जेठी नालामा आएको बाढीले बैजनाथ गाउँपालिका–३ का ६५ वर्षिय तुला बुढा र सोही गाउँपालिका–५ का ३५ वर्षिय लोकबहादुर सुनारलाई बगाएको छ । बैजनाथ गाउँपालिका बनकटजास्थित जेठी खोला तर्ने क्रममा बाढीले बगाएको हो । उनको खोजि भइरहेको कोहलपर प्रहरीका निमित्त प्रमुख प्रहरी निरीक्षक निरन्जन घिमिरेले जानकारी दिए ।

बाँकेमा बाढी : दुई बेपत्ता, हुलाकी सडक अवरुद्ध
बाँकेमा बाढी : दुई बेपत्ता, हुलाकी सडक अवरुद्ध

बाँकेमा बाढी : दुई बेपत्ता, हुलाकी सडक अवरुद्ध

बाँकेमा बाढी : दुई बेपत्ता, हुलाकी सडक अवरुद्ध

त्यस्तै बाढीका कारण नेपालगन्ज—गुलरिया हुलाकी सडकको खजुरामा अवरोध सृजना भएको छ । पेडारी नालामा आएको बाढी हुलाकी सडकको माथिबाट बग्न थालेपछि अवरोध भएको हो । बाढीले मोटरसाइकल बगाइरहँदा स्थानीयले उद्दार गरेर चालकको ज्यान जोगाएका छन् ।

बाँकेमा बाढी : दुई बेपत्ता, हुलाकी सडक अवरुद्ध

बाँकेमा बाढी : दुई बेपत्ता, हुलाकी सडक अवरुद्ध

बाँकेमा बाढी : दुई बेपत्ता, हुलाकी सडक अवरुद्ध

वर्षाका कारण नेपालगन्ज जलमग्न भएको छ । नेपालगन्जको सेतु बिक चोकमा पानी जमेर पोखरी बनेको छ ।तस्बिरहरु : ठाकुरसिंह थारु

प्रकाशित : असार १८, २०७५ १२:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?