कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

बाढीले कैलालीमा एककाे मृत्यु, सय घर डुबानमा

मोहन बुढाऐर

धनगढी — आइतबार देखिको नियमित वर्षाले कैलालीको भजनी नगरपालिका लगायतका दक्षिणी पूर्वी क्षेत्र डुबानमा परेका छन् । एक सय बढी घरपरिवार बिस्थापित भइसकेका छन् । बर्षाले घर भत्किएर एक जनाकाे मृत्यु भएकाे छ ।

बाढीले कैलालीमा एककाे मृत्यु, सय घर डुबानमा

आइतबार राति गोदावरी नगरपालिका–९ की ६५ वर्षीया झुना रानाको मृत्यु भएको हाे । उनका श्रीमान् पुएरा राना घाइते भएका छन् । उनको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

वर्षा नरोकिएकाले बिस्थापित परिवारको संख्या बढ्ने अनुमान गरिएको छ । कैलालीको मध्य क्षेत्रमा बग्ने कान्द्रा, काँडा नदीमा आएको बाढीले भजनी नपरपालिका पुरै वडा प्रभावित भएका छन् । भजनी–२, ५ र ६ मा पर्ने थापापुर र लालबोझीका एक सय बढी परिवार बिस्थापित भएका छन् ।

नदीको सतह नाघेर पानीले बस्ती र खेत जलमग्न भएको स्थानीय भोजराज श्रेष्ठले बताए । उनका अनुसार डुबानमा परेका घर परिवार सुरक्षित स्थानका सरेका छन् । केही परिवार आफन्तको घरमा डेरा सार्न पुगेका छन् । घर भित्रको अन्न भिजेको छ ।

भजनी इलाका प्रहरीले डुबानग्रस्त परिवारलाई सुरक्षित स्थानमा सर्न मााइकिंग गरिहेको छ । थापापुरका गंगाराम चौधरीले बाढीबाट बिस्थापित भएका परिवारलाई खान र बस्नको समस्या भएको छ । अर्काका घरमा बसिरहेका परिवारको घर भित्रको अन्न र लत्ताकपडा सबै भिजेको उनले बताए । उनका अनुसार बाढी नपसेको अग्लो स्थानमा रहेका आफन्तको घरमा बिस्थापित परिवार सरेका छन् । ‘बर्षा नरोकिए कुनै घर सुरक्षित नहुने छैन,’ उनले भने, ‘उद्धार गर्नु पर्ने अवस्था आउने भएको छ ।’

सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले जिल्लाभर भएको बाढीको जानकारी लिईरहेको बताए । ‘भजनी क्षेत्रमा डुबान बढ्दै गएको छ’ उनले भने, ‘त्यो क्षेत्रमा प्रहरी, सशस्त्र प्रहरीलाई अर्लट राखेका छौ, सर्वसधारणलाई डुबानग्रस्त क्षेत्रबाट सुरक्षित स्थानमा सर्न माकिंगबाट आग्रह गरिहेको छौ ।’

प्रकाशित : असार १८, २०७५ १३:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?