कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

नुवाकोट–काठमाडौं जोड्ने तीन सडक अवरुद्ध

कृष्ण थापा

नुवाकोट — भारी बर्षात्‌का कारण राजधानी काठमाडौं जाेड्‌ने तीनवटा सडक अवरुद्ध भएका छन् । छहरे–टोखा, त्रिशूली–ककनी–बालाजु र त्रिशूली–देवीघाट–कोल्पुखोला–गल्छी सडक अवरुद्ध भएका छन् । 

नुवाकोट–काठमाडौं जोड्ने तीन सडक अवरुद्ध

सोमबार दिउँसो साढे ११ बजे पासाङ ल्हामु मार्गको कककी गाँउपालिका–४ मा पहिरो खसेर सडक अवरुद्ध भएको छ । काठमाडौदेखि त्रिशूली आउने र त्रिशूलीबाट काठमाडौं जाने सवारीसाधन पहिरोका कारण रोकिएका छन् । पहिरो पन्छाएर अवरुद्ध सडक खुलाउने प्रयास भैरहेको ककनी प्रहरी चौकीले जनाएको छ ।


सडक पन्छाएर पहिरो खुलाउन सडक डिभिजन कार्यालय र निर्माणमा खटिएका ठेकेदारले बेवास्ता गरेका छन् । त्यसैगरी छहरे–टोखा सडक खण्डको गुर्जेभन्ज्याङ र जगतमा वर्षाले सडक हिलाम्य भएको छ । हिलो सडकमा सवारीसाधन चिप्लिएर आवतजावनत गर्न कठिनाई भएको छ । उक्त सडक खण्डमा पनि ठेकेदारले निर्धारित समयमा काम नगर्दा सडक अलपत्र भई सवारी आवतजावत गर्न कठिनाई भएको हो ।


छहरे–टोखा, छहरे–बराफेदी र त्रिशूली–बालाजु सडकका कर्मचारी र ठेकेदार काठमाडौ सम्पर्क कार्यालयमा बस्ने र पटकपटक सडक बनाउन अनुरोध गर्दा समेत बेवास्ता गरेको सडक स्थानीयले बताए ।


त्यसैगरी पिपलटारदेखि गल्छीसम्मको सडक बिभिन्न ठाँउमा वर्षाका कारण अवरोध भएको छ । अवरोध खुलाएर यातायात सुचारु गर्ने काम भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी वसन्तबहादुर कुँवरले जानकारी दिए ।

प्रकाशित : असार १८, २०७५ १४:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?