कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महाकालीमा पानीको बहाव बढ्यो

भवानी भट्ट

कञ्चनपुर — दुई दिनदेखि लगातारको वर्षापछि महाकालीमा पानीको बहाव बढेको छ । सोमबार दिउँसो ३  बजेसम्म महाकालीमा पानीको बहाव १ लाख २४ हजार क्युसेक मापन गरिएको ईलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ । 

महाकालीमा पानीको बहाव बढ्यो

पानीको बहाव बढेपछि वनबसा पुलमा चार पांग्रे सवारीसाधनको आवागमन बन्द गरिएको छ । सय वर्ष पुरानो पुल जीर्ण बन्दै गएको भन्दै भारतीय पक्षले पानीको बहाव १ लाख क्युसेक नाघ्ने वितिक्कै ठूला खालका सवारीसाधनको आवागमन बन्द गर्दै आएको छ ।

‘३ बजेदेखि पुल बन्द गरिएको हो,’ इलाका प्रहरी कार्यालय गड्डाचौकीका इन्चार्ज सई डिकरदेव पन्तले भने, ‘नदीमा पानीको बहाव अझै बढ्ने क्रम जारी छ ।’ नदी तटीय क्षेत्रमा तत्काल खतरा नभएपनि निरन्तर नदीमा जलस्तर बढ्दै गएकाले सुरक्षित रहन आसपासका वासिन्दालाई सचेत गराइएको उनले बताए ।

प्रकाशित : असार १८, २०७५ १६:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?