कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

गंगामायाको स्वास्थ्य स्थिर

अतुल मिश्र

काठमाडौँ — वीर अस्पतालमा गत ३४ दिनदेखि अनशनरत गंगामाया अधिकारीको स्वास्थ्य अवस्था सोमबार स्थिर रहेको छ ।

गंगामायाको स्वास्थ्य स्थिर

गंगामायाको स्वास्थ्य एक दिनअघि आइतबार संकटपूर्ण बनेको थियो । त्यसताका उनको रगतको टोटल काउन्ट २३९०० पुगेको थियो भने रक्तचाप ९०/६० मा झरेको थियो ।


‘सोमबार उहाँको स्वास्थ्य स्थिर छ,' अस्पतालका निर्देशक डा.भुपेन्द्र बस्नेतको अनुसार गंगामायालाई एन्टिवायोटिक र रक्तचाप बढाउने औषधि समेत दिइएको छ । सोमबार साँझ ५ बजे गंगामायाको रक्तचाप १२०/७० रहेको थियो ।


सर्वोच्च अदालतले जारी गरेको आदेशअनुसार छोरा कृष्णप्रसादको हत्यामा संलग्न अभियुक्तलाई पक्राउ गरिनुपर्ने उनको माग छ।


आफू ५ वर्षदेखि बस्दै आएको वीर अस्पतालमा उनी अनशन गरिरहेकी छन् । १३ वर्षअघि भएको छोराको हत्यामा न्याय पाउनुपर्ने माग राख्दै उनी निरन्तर आन्दोलन र अनशन बस्दै आएकी छन् ।

प्रकाशित : असार १८, २०७५ १७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?