३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

प्रदेशसभा बैठकः डा. केसीमाथि भएको धरपकडको विरोध

प्रकाश अधिकारी

सुर्खेत — कर्णाली प्रदेशसभामा चिकित्सा क्षेत्रको सुधारका लागि अनशन बस्न जुम्ला पुगेका प्रा.डा.गोविन्द केसी र उनका सर्मथकमाथि गरिएको धरपकडको विरोध भएको छ । 

प्रदेशसभा बैठकः डा. केसीमाथि भएको धरपकडको विरोध

प्रदेशसभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै जुम्लाका कांग्रेस सांसद दिनबन्धु श्रेष्ठले लोकतन्त्रमा शान्तिपूर्ण रुपले धर्ना पनि बस्ने नपाउने ? भनी प्रश्न गरे ।


‘प्रशासनले नियतवस निषेधाज्ञा जारी गरेरे शान्तिपूर्ण धर्ना, आन्दोलन गर्ने नागरिक अधिकार हनन् गरेको छ,’ उनले भने, ‘के हामीले ल्याउन खोजेको लोकतन्त्र यही हो ? यसले पनि सरकार अधिनायकवाद उन्मुख हुँदैछ भन्ने पुष्टि हुन्छ ।’


सांसद श्रेष्ठले अनशनरत केसी र उनका समर्थकमाथि कुनै अप्रिय घटना भए त्यसको जिम्मेवारी प्रदेश सरकारले लिनुपर्ने बताए । ‘केन्द्रको विषय हो भनेर पन्छिन पाइँदैन्,’ उनले भने, ‘सुरक्षाकर्मी परिचालन गरेर उहाँमाथि धरपकड गरियो ? सरकारले जवाफ देओस् ।’


नेकपाका सांसद अम्मरबहादुर थापाले राज्यको एउटा कर्मचारीलाई सरकारमाथि धावा बोल्ने अधिकार नभएको बताए । ‘कसैलाई सरकारको विरोधमा उत्रिनुछ भनेर राजीनामा दिए हुन्छ, सरकारी तलबभत्ता पनि खाने, आन्दोलन पनि गर्न पाइँदैन्, उनले भने ।

प्रकाशित : असार १८, २०७५ १८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?