१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

डा.केसीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग

अतुल मिश्र

काठमाडौँ — नेपाल चिकित्सक संघले दिनदेखि जुम्लास्थित कबर्ड हलमा अनसनरत प्रा.डा.गोविन्द केसीलाई  सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारसँग माग गरेको छ । 

डा.केसीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग

संघले डा. केसीप्रतिको अमानवीय व्यवहारसँगै स्वास्थ्यमा जोखिम पुग्ने गरी स्थानीय कबर्ड हलमा कैदी सरह राखिएको उल्लेख गर्दै आपत्ती समेत प्रकट गरेको छ ।


चिकित्सकहरुबाट अस्पतालमा लगेर उपचार गराउनका लागि गरिएको आग्रह र सुझावलाई समेत बेवास्ता गरिएको उल्लेख गर्दे संघले डा.केसीको जीवन रक्षाको लागि कुनै पनि बेला कठोर कदम चाल्न बाध्य हुने र यसबाट उत्पन्न हुन सक्ने गम्भीर परिणतीको जिम्मेवार सरकार हुने समेत जनाएको छ ।


संघले आफनो सबै सदस्यलाई यसतर्फ सचेत र तयारी अवस्थामा रहन समेत अपिल गरेको छ ।

प्रकाशित : असार १८, २०७५ १८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?