कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

प्रशासनले सहयोग नगरेको भन्दै डा. केसीको उपचारमा खटिएको स्वास्थ्यकर्मी टोली फिर्ता

एलपी देवकोटा

जुम्ला — अनशनरत डा. गोविन्द केसीको उपचारमा स्थानीय प्रशासनले सहयोग नगरेको भन्दै उनको उपचारमा खटिएको स्वास्थ्यकर्मीको टोली फिर्ता भएको छ । शनिबार दिउँसो प्रहरी हिरासतबाटै अनसन सुरु गरेका डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको र उनको उपचारका लागि तत्काल सुरक्षित स्थानमा स्थानास्तरण गर्न पटकपटक माग गरेपनि प्रशासनले सहयोग नगरको भन्दै चिकित्सकहरुको टोली फर्किएको हो । 

प्रशासनले सहयोग नगरेको भन्दै डा. केसीको उपचारमा खटिएको स्वास्थ्यकर्मी टोली फिर्ता

कभर्डहलमा उपचार सम्भव छैन भनी आइतबार साँझ नै प्रशासनलाई खबर गरेपनि प्रशासनले अस्पताल लैजान नदिने र त्यही उपचार गर्न दबाब दिएपछि स्वास्थ्यकर्मीको टोली फिर्ता भएको डा. केसीको उपचारका लागि खटिएको टोलीका संयोजक डा. प्रविण गिरीले बताए ।


‘यस्तो फोहोर ठाउँमा उपचार सम्भव छैन भनेर पटकपटक पत्राचार गर्दा पनि प्रशासनले बेवास्ता गरेकाले हामीले उनको उपचार गर्न नसक्ने भएका हौ,’ उनले भने, ‘अब हामीले प्रहरीको हिरासतमा रहेका डा. केसीको कभर्डहलमा उपचार गर्न सक्दैनौं त्यही भएर हामी फिर्ता भयौं’ ।


कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको चिकित्सकहरुको टोली फिर्ता भएपछि अहिले अनशनरतस्थलमा प्रहरी र डा. केसी मात्रै छन् । त्यहाँ बत्तिको व्यवस्था छैन, अध्यारो कोठा छ दिनभर पानी परिरहेकाले चुहिने कोठामा सोमबारको रात उनले एक्लै बिताउने भएका छन् ।

प्रकाशित : असार १८, २०७५ २०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?