२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

बबईमा जलस्तर घट्दै

कमल पन्थी

बर्दिया — आइतबार देखिको अविरल वर्षा कम हुँदै गएपछि मंगलबार बबई नदीमा जलस्तर घट्दै गएको छ । चेपाङ्गस्थित जलमापन केन्द्रमा बिहान बबईको जलस्तर ३ दशमलव ५ मिटर रहेको विपद् व्यवस्थापन समितिले जनाएको छ ।

बबईमा जलस्तर घट्दै

सोमबार चेपाङ्गमा जलस्तर ५ दशमलव ८ रेकर्ड गरिएको थियो । बाढीको खतरा ६ दशमल १ रहेकोले बबई तटीय क्षेत्रका बासिन्दालाई उच्च सर्तकतामा रहन स्थानीय प्रशासनले निर्देशन दिएको थियो । सल्यान, दाङ्ग हुँदै बग्ने नदीमा पहाडी भेगमा बढी वर्षा हुनासाथ बाढी आउने गर्छ । हुलाकी सडक अन्तर्गत बन्द भएका सडक सुचारु भएका छन् । कर्णालीमा जलस्तर बढ्दै गएको छ ।


यसैबीच बबई, भादा र ओराही नदी व्यवस्थापन आयोजनाबाट निर्माणाधीन तटबन्ध र बॉधले तटीय क्षेत्रमा बाढीको जोखिम केही कम हुने विश्वास स्थानीयको छ । गुलरिया नगरपालिकास्थित निर्माणाधीन तटबन्ध भने पूरा नभएकोले जोखिम कम भएको भन्न नसकिने आयोजना प्रमुख नारायण सुवेदीले बताए ।

प्रकाशित : असार १९, २०७५ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?