कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

वर्षा रोकिए पछि बिस्थापित घर फर्कन थाले 

मोहन बुढाऐर

धनगढी — वर्षा रोकिएर जलस्तर घटे पछि कैलालीको डुबान क्षेत्रका बासिन्दा घर फर्कन थालेका छन् । आइतबार देखिको वर्षाले कैलालीको दक्षिण–पूर्वी क्षेत्रमा पर्ने भजनी नगरपालिकाका केही वडा डुबानमा परेका थिए ।

वर्षा रोकिए पछि बिस्थापित घर फर्कन थाले 

इलाका प्रहरी कार्यालय भजनीका प्रहरी निरीक्षक राजेन्द्र चन्दले सोमबार बेलुकाबाट वर्षा रोकिएकाले नदीमा आएको बाढी घटेको बताए । घरभित्र बाढी पसेर आफन्त र सुरक्षित स्थानमा सरेका परिवार बिस्तारै घर फर्कन थालेको बताए । बाढी आएका बेला समयमा हुलाकी सडकमा निस्केका परिवारहरु सोमबार राति घर फर्केका थिए ।

भजनी नगरपालिका–७ स्थित गणेशमान स्कुलमा र सोही नगरपालिका ५ को सुरक्षित आवास गृहमा बास बसेका २२ परिवार भने अझै घर फर्कन सकेका छैनन् । उनीहरुको घर पुरै डुबेकाले तुरन्तै घर फर्कन सक्ने अवस्था नरहेको प्रहरी निरीक्षक चन्दले बताए ।

गणेशमान स्कुलमा ८ र गैरसरकारी संस्थाले बनाएको सुरक्षित आवासमा १४ परिवार बसेको उनले बताए । ठूलो वर्षा रोकिए पनि चुरे क्षेत्रमा पूर्ण रुपमा पानी पर्न नरोकिदा पुन: बाढी आउन सक्ने सम्भावना भने उत्तिकै छ ।

सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले भजनीमा बाढी घटिसकेकोले अवस्था समान्य भइसकेको बताए । ‘तत्कालीन राहात ड्राईफुड लगायत कुराहरु स्थानीय तहबाट उपलब्ध भएको छ,’ उनले भने, ‘थप राहातका लागि स्थानीय तहले माग गरे जिल्ला र प्रदेश सरकारबाट उपलब्ध गराइने छ ।’

मंगलबार दिउसो प्रदेश ७ का मुख्य मन्त्रीको अध्यक्षतामा बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत सम्बन्धी सरोकार निकाय बीच छलफल हुने उनले बताए ।

प्रकाशित : असार १९, २०७५ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?