नारायणगढ–मुग्लिन सडक ठप्प, टोपे खोलामा फेरि पहिरो

रमेशकुमार पौडेल

चितवन — नारायणगढ–मुग्लिन सडकको टोपे खोलामा बुधबार बिहान फेरि ठुलो पहिरो गएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार बिहान पाँच बजे गएको पहिरोका कारण आज दिनभर यातायात प्रभावित हुने अवस्था छ । पहिरो सफा गर्न आज दिनभर लाग्ने उनले जानकारी दिए ।

नारायणगढ मुग्लिन सडकमा खसेकाे पहिराे । फाइल तस्बिर


‘अहिले गाडी ठप्पै छ। एक तर्फी खुलाउन पनि अझै तीन चार घण्टा लाग्छ। तीन चार बजेयता दुई तर्फी गाडी खुल्ने सम्भावना छैन’ सुचना अधिकारी खनालले भने। पहिरोका कारण सोमबार दिनभर बाटो अवरुद्ध थियो। हिजो पनि राम्रोसँग गाडी चल्न सकेको थिएन। राजधानी काठमाडौंको लाइफ लाइन यो सडक वर्षासँगै पहिरा आउँदा पटक पटक बन्द हुने गरेको छ।

नारायणगढ मुग्लिन सडकलाई एसियाली मापदण्ड अनुरुपको दुई लेनको फराकिलो बनाउन ठाउँ ठाउँमा पहाड काटिएको छ। पहाड काटेको ठाउँमा पहिरो गएर सडक बन्द हुने गरेको हो। अघिल्ला वर्षहरुमा लगातार ४३ घण्टासम्म बाटो बन्द भएको थियो। यो वर्ष असार ११ गते सोमबार लगातार ११ घण्टा बाटो बन्द भएको थियो।

प्रकाशित : असार २०, २०७५ ०७:३४
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

स्विडेन २४ वर्षपछि क्वार्टरफाइनलमा

रोयटर्स

सेन्ट पिटर्सबर्ग — इमिल फोर्सबर्गको प्रहार डिफ्लेक्टेड भएर गोल भएपछि स्विडेनले मंगलबार विश्वकपको अन्तिम १६ को खेलमा स्विट्जरल्यान्डलाई १–० ले पराजित गरेको छ ।

स्विडेन २४ वर्षपछि पहिलोपटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको हो । याने एन्डरसनको स्विडेनले कोलम्बिया र इंग्ल्यान्डबीचको विजेतासँग सेमिफाइनल प्रवेश पाउन खेल्ने छ।

दुबै टोलीले सेन्ट पिटर्सबर्ग रंगशालामा अवसर बनाए पनि कमजारे फिनिसिङमा गोल गर्न सकेनन्। ६६ औं मिनेटमा फोर्सबर्गको सशक्त प्रहार मानुइल अकान्जीको खुट्टामा लाग्दै स्विट्जरल्यान्डका गोलरक्षक यान सोमरलाई जिल्याउँदै अर्को दिशाबाट गोल हुन पुगेको थियो।

खेलको अन्तमा स्विडेनले दोस्रो गोल थप्ने अवसर पाएको थिए। अतिरिक्त समयमा बैकल्पिक मार्टिन ओलसोनलाई स्विट्जरल्यान्डका मिकाइल लाङले लडाएका थिए। त्यसमा रेफ्रीले लाङलाई रातो कार्ड र स्विडेनलाई पेनाल्टी दिएका थिए। तर रेफ्री डामिर स्कोमिनाले भिडियो असिसटेन्ट रेफ्री (भार) को सहयोगमा निर्णय सच्चाउँदै पेनाल्टीलाई उल्टाई फ्रिकिक मात्र दिएका थिए। ओला टोइभोनेनको फ्रिकिकलाई सोमरले रोके पनि त्यहीसँगैं रेफ्रीले खेल सकिएको अन्तिम सिट्ठी फुकेका थिए।

स्विडेनका मिकाइल लुस्टिग पनि क्वार्टरफाइनलमा हुने छैनन्। उनले दोहोरो पहेलो कार्डका कारण शनिबारको खेल निलम्बनमा गुमाउन लागेका हुन्। दुबै टोली मंगलबार पनि निलम्बनको मारमा रहेको थियो। स्विट्जरल्यान्डलाई त्यसको प्रभाव अझ पर्‍यो। फाबियन साइर कप्तान स्टेफन लिच्टस्टेइनेर निलम्बनमा रहँदा रक्षापंक्तिमा योहान जोउरोउ र लाङलाई खेलाइएको थियो। स्विडेनले पनि मिडफिल्डमा गुस्ताभ स्भेनसनको स्थानमा सेवास्टिएन लार्सनलाई खेलाएको थियो।

स्विडेन पछिल्लो पटक १९९४ मा अमेरिकामा भएको विश्वकपको क्वार्टरफाइनल पुगेको थियो। स्विडेनले १९५८ पछि विश्वकपमा पहिलोपटक लगातार दुई खेल जितेको हो। समूह चरणको अन्तिम खेलमा मेक्सिकोलाई ३–० लाई पराजित गर्दै स्विडेन नकआउट चरणमा आएको हो। स्विट्जरल्यान्डले नकआउट चरणका सबै खेल हार्दै आएको छ। १९९४, २००६, २०१४ मा पनि टोली नकआउट चरणको पहिलो खेलमा हार्न पुगेको थियो।

२०१७ को अक्टोबरमा विश्वकप छनोटमा पोर्चुगलसँग २–० को नतिजा भोग्नु परेयता स्विट्जरल्यान्डले पहिलो पराजय पाएको हो। यस बिचमा टोली ९ खेलमा अपराजित थियो।

प्रकाशित : असार १९, २०७५ २३:०१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT