१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

सांसद्‌द्वारा बाढी, पहिरो रोकथामका लागि सरकारको ध्यानाकर्षण

काठमाडौँ — सांसद्हरुले देशभर अविरल वर्षाका कारण बाढी, पहिरोबाट धनजनको ठूलो क्षति भइरहेकोले राहत, पुनर्स्थापना र रोकथामका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद्‌द्वारा बाढी, पहिरो रोकथामका लागि सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष र शून्य समयमा बोल्ने सांसद्हरुले प्रत्येक वर्षझैं बाढी, पहिरोबाट धनजनको क्षति हुनेक्रम बढ्दो रहेको भन्दै यसतर्फ सरकारले ध्यान दिनुपर्ने बताए । विशेष समयमा बोल्दै नयाँ शक्तिका संयोजक एवं सांसद् बाबुराम भट्टराईले बाढीपहिरोबाट धनजनको क्षति बढिरहेकोले सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताए । 'प्रत्येक वर्ष बाढी, पहिरोबाट ठूलो धनजनको क्षति हुन्छ भन्ने हामी सबैलाई थाहा छ तर तयारी गर्दैनौं' उनले भने, 'अब राहत, पुन:स्थापनालगायतका काममात्रै ध्यान दिने होइन, रोकथाममा पनि ध्यान पुगोस् ।'


राजपा नेपालका सांसद् महेन्द्र राय यादवले बाढी, पहिरो अबिलम्ब नियन्त्रण र प्रभावित जनतालाई राहत दिन सरकारसँग माग गरे । उनले वर्षनी यस्तो समस्या आइरहे पनि सरकार कहिल्यै गम्भीर नबनेको आरोप समेत लगाए । आफूहरुको मागबमोजिम बाढी, पहिरो र डुबानको समस्या हल गराउन अघिल्लो सरकारले प्राधिकरण गठन गरे पनि अहिले सरकारले पूर्णता दिन नसकेको गुनासो गरे ।


चुरे स‌‌ंरक्षण र व्यवस्थापन नहुँदा तराई, मधेसका करिब चार लाख हेक्टर जमिन कटान हुने, पुरेर मरुभूमिमा परिणत हुँदै गएको भन्दै सांसद यादवले चुरे संरक्षणमा अबिलम्ब ध्यान दिन सरकारसँग माग गरे ।


सांसद् हृदयेश त्रिपाठीले मनसुनको सुरुआतमै बाढी, पहिरो भयावह बने पनि सरकारले कुनै कदम नचालेको भन्दै आपत्ति जनाए । जनतालाई सरकार छ भन्ने अनुभूति दिलाउने बेला आएको उनको भनाइ थियो ।

प्रकाशित : असार २०, २०७५ १६:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?