बाढी, पहिरोबाट साता दिनमै २६ को मृत्यु, दर्जन घाइते [तथ्यांकसहित]

काठमाडौँ — सरकारले देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरोबाट एक साताको अवधिमा २६ जनाको मृत्यु भएको जानकारी गराएको छ । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा समय लिएर बोल्दै गृहमन्त्री रामबहादुर थापाले असार १५ गतेदेखि आजसम्म बाढी, पहिरोबाट १६ जिल्लामा मानवीय क्षति पुगेको जानकारी गराएका हुन् ।

बाढी, पहिरोबाट साता दिनमै २६ को मृत्यु, दर्जन घाइते [तथ्यांकसहित]

उनका अनुसार २६ को मृत्यु, करिब एक दर्जन व्यक्ति घाइते छन् । उनीहरुको अवस्था चिन्ताजनक रहेको पनि गृहमन्त्री थापाले सदनलाई जानकारी गराए । दुई जना बेपत्ता रहेको उनले बताए ।


गृहमन्त्रीले दिएको तथ्यांकअनुसार विपद्‌बाट मृत्यु भएकाको विवरण यसप्रकार छन् :


बाँके - ४ जना

रोल्पा - ३

सिन्धुली- २

कैलाली-१

चितवन- १

पर्सा-२

काठमाडौं-१

सर्लाही- २

तनहुँ- २

उदयपुर-१

सिराह-१

दाङ-१

मकवानपुर-२

महोत्सरी-१

बर्दिया-१

बारा-१


प्रभावित क्षेत्रहरुमा तत्काल राहत र उद्धारका कार्य थालिएको उनले बताए ।

प्रकाशित : असार २०, २०७५ १६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?