कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चार न्यायाधीशमाथि छानबिन

काठमाडौँ — न्यायपरिषद्ले उच्च अदालतका तीनसहित चार न्यायाधीशमाथि छानबिन सुरु गरेको छ । परिषद्ले उच्च अदालत जनकपुरको राजविराज इजलासमा कार्यरत न्यायाधीशहरू मोहनबहादुर कार्की, डा. सलाहुद्दिन अख्तर सिद्धिकी र नसरुल्लाह अन्सारी तथा काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्बिर बस्नेतमाथि छानबिन सुरु गरेको स्रोतले जनाएको छ । 

चार न्यायाधीशमाथि छानबिन

परिषद् बैठकले बुधबार राजविराज इजलासमा कार्यरत कार्की, सिद्धिकी र अन्सारीलाई सरुवा गरेको छ । यीलगायत अन्य न्यायाधीशको सरुवा माग राखी राजविराज बार इकाईले सातादेखि इजलास बहिष्कार गर्दै आएको थियो । यी न्यायाधीश विभिन्न आदेश र फैसला क्रममा विवादमा परेका थिए । न्यायपरिषद्ले कार्कीलाई राजविराज इजलासबाट उच्च अदालत जनकपुरमा सरुवा गरेको छ भने सिद्धिकीलाई राजविराजबाट सर्वोच्च अदालतमा तानेको छ । अन्सारीलाई उच्च अदालत दिपायलमा सरुवा गरिएको छ । राजस्व न्यायाधिकरणमा कार्यरत तिलप्रसाद श्रेष्ठलाई उच्च अदालत जनकपुर पठाइएको छ । ‘यी सबै न्यायाधीशमाथि छानबिनसमेत सुरु भएको छ,’ न्यायपरिषद् स्रोतले भन्यो ।


यसैगरी मलेसिया भीएलएनका सञ्चालक रामप्रसाद श्रेष्ठ जोडिएको ठगी मुद्दामा अस्वाभाविक आदेश गरी १० लाख धरौटीमा छाडेका जिल्ला अदालत काठमाडौंका न्यायाधीश अम्बिर बस्नेतमाथि छानबिन सुरु भएको स्रोतले बतायो । सम्पत्ति विवरण नबुझाउने करिब २५ जना न्यायाधीशमाथि ५ हजार रुपैयाँका दरले जरिवाना तिराउने निर्णय भएको परिषद् स्रोतले जनाएको छ ।

प्रकाशित : असार २०, २०७५ १९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?