कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

डा. केसीद्वारा सरकारी चिकित्सा टोली अस्वीकार

अतुल मिश्र

काठमाडौँ — प्रा.डा. गोविन्द केसीले सरकारी टोलीसँग स्वास्थ्य उपचार गराउन अस्वीकार गरेका छन् । स्वास्थ्य मन्त्रालय सचिवस्तरको निर्णय अनुसार वीर अस्पतालका वरिष्ठ फिजिसियन डा.जीवन थापा र एनेस्थेसिया एण्ड क्रिटिकल केयर स्पेसलिस्ट डा.सुवास रेग्मीलाई केसीको उपचारका लागि जुम्ला पठाइए पनि उनले अस्वीकार गरेका हुन् ।

डा. केसीद्वारा सरकारी चिकित्सा टोली अस्वीकार

वीर अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतले हाल दुवै चिकित्सक जुम्ला पुगिसकेको बताए । तर, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल डाइरेकटर डा.पुजन रोकायाले डा.केसीले सरकारी टोलीलाई अस्वीकार गरेको बताए ।


‘म १४ पटक अनशन बस्दा जस्तै यहाँ स्याहार पाएको छु, यहाँको टोलीमा मलाई विश्वास छ, तपाईहरुको आवश्यकता छैन फर्के हुन्छ भनेर सरले सरकारी चिकित्सा टोलीलाई भन्नुभयो’, डा.रोकायाले कान्तिपुरसँग भने ।


हाल उनको शरीरमा रोग प्रतिरोधक क्षमता कम भएकोले अन्य संक्रमणको सम्भावना समेत बढेको छ । आमरण अनशनको छैटौं दिन बिहीबार टोटल ब्लड काउन्ट तीन हजारमा झरेको छ भने किटोन पोजेटिभ देखिएको छ ।

प्रकाशित : असार २१, २०७५ १७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?