सामूहिक बलात्कारका आरोपी तीन पक्राउ

सुर्खेत — छाउगोठमा किशोरीमाथि सामूहिक बलात्कार गर्ने युवालाई प्रहरीले पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ । बराहताल गाउँपालिका-६ की १५ वर्षीयालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जना युवासँगै योजनाकार निर्मला शर्मासमेत विरुद्ध मुद्दा चलाएको हो ।

सामूहिक बलात्कारका आरोपी तीन पक्राउ

बलात्कार आरोपमा चेतन गिरी, जनक शर्मा र पदम गिरीउपर जबरजस्ती करणी अभियोगमा प्रहरीले जिल्ला अदालतमा म्याद थप गरेर अनुसन्धान सुरु गरेको हो ।


जिल्ला प्रहरी प्रमुख एसपी उमाप्रसाद चर्तुवेदीले पीडितका आफन्तको जाहेरीका आधारमा आरोपीउपर अनुसन्धान प्रक्रिया अघि बढाएको बताए । प्रहरीले करणी गरेको अभियोगमा मुद्दा चलाएको छ । महिनावारी भएकी निर्मलाले ‘साथीका रुपमा आफूसँग सुत्न’ बोलाएपछि ती किशोरी सोमबार राति छाउगोठमा गएकी थिइन् । युवाहरुले निर्मलालाई बाहिर पठाएर किशोरीमाथि सामूहिक बलात्कार गरेको पीडितले दिएको जाहेरीमा उल्लेख छ ।


पीडितकै बयानका आधारमा प्रहरीले योजनाकारका रुपमा ती युवतीमाथि अनुसन्धान प्रक्रिया अघि बढाएको हो । प्रहरीका अनुसार पीडित किशोरीको योनाङ्ग सुनिएको र उनको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।


पश्चिम सुर्खेतका कतिपय गाउँमा महिनावारी हुँदा छाउगोठमा सुताउने प्रचलन छ ।

प्रकाशित : असार २१, २०७५ १९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?