३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

मुगुमा प्रहरी र विप्लव कार्यकर्ताबीच झडप

दुई सुरक्षाकर्मी घाइते, दुई राउण्ड अश्रु ग्यास फायर
राजबहादुर शाही

मुगु — गमगढी बजारमा दिउँसो १ बजे सुरक्षाकर्मी र नेकपा माओवादी विप्लव कार्यकर्ताबीच दोहोर झडप हुँदा दुई सुरक्षाकर्मी सहित केही विप्लवका कार्यकर्ता घाइते भएका छन्। 

मुगुमा प्रहरी र विप्लव कार्यकर्ताबीच झडप

गमगढी बजारको कृष्णचोकमा विप्लवका कार्यकर्ताले भ्रष्टचार र मदिरा विरुद्ध जनसाँस्कृतिक कार्यक्रम गरिरहेको अवस्थामा प्रहरीले हस्तक्षेप गर्नु खोज्दा दोहोरो झडप भएको हो ।


झडपमा प्रहरी निरीक्षक देवेन्द्रसिंह धामी र सशस्त्रका सुरेन्द्र सिंह घाइते भएका छन् । धामीको टाउकोमा चोट लागेको छ ।


प्रहरीले दुई राउण्ड अश्रु ग्यास फायर गरेको छ । शान्तिपूर्ण कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको विप्लव कार्यकर्ताले आरोप लगाएका छन् । तीनजना विप्लव कार्यक्रम समेत पक्राउ परेका छन् ।

प्रकाशित : असार २२, २०७५ १४:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?