त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल एकै दिन तीनपटक बन्द

सुरज कुँवर

काठमाडौँ — धावन मार्गको कालोपत्रे (पीच) उप्किँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रबार पटक पटक बन्द भएको छ । धानवमार्गको कोटेश्वरतर्फ तेस्रो र चौथो ट्याक्सी-वे सँग जोडिएको धावन मार्गको पीच उप्किएपछि साँझ ५:५० देखि ६:४० सम्म तेस्रो पटक विमानस्थलमा उडान, अवतरण रोकिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल एकै दिन तीनपटक बन्द

तर, सिभिल इञ्जिनियरिङ विभागले मर्मत गरेपछि साँझ ६:४० मा विमानस्थल सञ्चालनमा आएको महाप्रबन्धक राजकुमार क्षत्रीले जानकारी दिए । त्यसअघि शुक्रबार दिउँसो मात्रै २ पटक विमानस्थल अवरुद्ध भएका थिए ।


धावन मार्ग मर्मतका बेला अन्तर्राष्ट्रिय विमानहरु सिमरामाथिको आकाशमा होल्ड राखिएका थिए । धावनमार्ग बिग्रिएपछि हर्ट मिक्स विधिबाट मर्मत गरिनु पर्छ । तर, विमानस्थल मर्मतको जिम्मा लिएको सिभिल इञ्जिनियरिङ विभागले कोल्ड मिक्स (अस्थायी मर्मत) विधिबाट धावन मार्ग टालेको थियो ।

प्रकाशित : असार २२, २०७५ १८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?