२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३
समाचार

News

मुस्ताङ टिपर दुर्घटना : १४ शव पठाइयो

मुस्ताङमा भएको टिपर दुर्घटनामा दिवंगत २० मध्ये १४ जनाको शव अन्तिम संस्कारका लागि शनिबार पोखराबाट हेलिकप्टरमा काठमाडौं, दाङ र रोल्पा पठाइएको छ । 

मुस्ताङ टिपर दुर्घटना : १४ शव पठाइयो

माग पूरा नभए मर्न तयार छु : डा.केसी

डा. गोविन्द केसीले आफ्ना माग पूरा नभए कर्णालीमै मर्न तयार रहेको बताएका छन् । स्वास्थ्य शिक्षा सुधारका मागसहित अघिल्लो शनिबारदेखि आमरण अनशन बसेका केसीले कर्णालीका जनता र विद्यार्थीमाथि सरकारले खेलबाड गरिरहेको बताए । 

माग पूरा नभए मर्न तयार छु : डा.केसी

लाइसेन्स छपाइमा चरम लापरबाही

यातायात व्यवस्था कार्यालय ठूलो भर्‍याङले ट्रायल पास गरेर नयाँ लाइसेन्स र नवीकरणका लागि निवेदन दिएकाको फोटो धमिलो भएको भन्दै पुन: खिचाउन अनुरोध गरेको छ ।

लाइसेन्स छपाइमा चरम लापरबाही

प्याकेजमा समाधान खोज्दै पौडेल पक्ष

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टी सञ्चालनमा सभापति शेरबहादुर देउवाको कार्यशैली परिवर्तनसहित सबै विषय र मुद्दामा प्याकेज समाधान माग गरेको छ ।

प्याकेजमा समाधान खोज्दै पौडेल पक्ष

प्रदेश नामकरणमा असहमति जनाउँदै तनहुँमा विरोध प्रदर्शन 

प्रदेश नम्बर ४ लाई गण्डकी प्रदेश नामकरण गरेमा असहमहति जनाउँदै तमुवान–मगरात संघर्ष समिति तनहुँले दमौलीमा शनिबार साँझ विरोध जुलुस निकालेको छ । 

प्रदेश नामकरणमा असहमति जनाउँदै तनहुँमा विरोध प्रदर्शन 

विमानस्थलबाट फर्काइए उपकुलपति

विदेश भ्रमणमा जान लागेका नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई शनिबार प्रधानमन्त्री केपी ओलीको ठाडो आदेशमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाटै फर्काइएको छ ।

विमानस्थलबाट फर्काइए उपकुलपति

बर्सेनि बाढीको त्रास, २४ वर्षदेखि डुबानकै समस्या

गतवर्ष साउन २९ गते लालबकैया नदीमा आएको बाढीले तटबन्ध भत्काउँदा जिल्लाका दजनौं गाउँ डुबानमा पारे । पानीले निकास नपाउँदा सदरमुकाम गौरसमेत जलमग्न भयो । डुबानले ठूलो क्षति व्यहोर्नु पर्‍यो । ५० सालको बाढीपछि जिल्लावासीले यही नियति भोग्दै आएका छन् ।

बर्सेनि बाढीको त्रास, २४ वर्षदेखि डुबानकै समस्या

१५ वर्षीय जुम्ल्याहाले बनाए रोबर्ट 

बुटवलमा एक जुम्ल्याहा दाजूभाईले बहुउपयोगी रोबर्ट  बनाएका छन् । कद्दरबहादुर रीता नविन औद्योगिक माविमा कक्षा १० अध्ययनरत लव र कुश पन्थीले रोबर्ट  बनाएका छन् । 

१५ वर्षीय जुम्ल्याहाले बनाए रोबर्ट 

मुस्ताङ टिपर दुर्घटना : रोल्पाको उवागाउँ शोकमग्न

सडक निर्माणका लागि मुस्ताङको जोससोम पुगेका रोल्पाका १० मजदुर टिपर दुर्घटनामा शुक्रबार मृत्यु भएपछि उवागाउँ शोकमग्न छ । मृत्यु भएका २० मध्ये ८ जना थबाङ गाउँपालिका-५ उवाको पुसबाङ गाउँका हुन् ।

मुस्ताङ टिपर दुर्घटना : रोल्पाको उवागाउँ शोकमग्न

तिब्बत–ओलाङचुङगोला : सडक बन्यो, गाडी छैन

सडक निर्माण गरिरहँदा टिप्तालाभन्ज्याङ–ओलाङचुङगोला सडक उपभोक्ता समिति अध्यक्ष छेतेन वालुङलाई लागेको थियो– अब तिब्बत आउजाउ गर्न पैदलयात्रा गर्नुपर्ने छैन । गाउँटोलका बासिन्दालाई पनि उनले खुसीको खबर सुनाए ।

तिब्बत–ओलाङचुङगोला : सडक बन्यो, गाडी छैन

नेकपाको नियमावली टुंग्याउन तीन सदस्यीय कार्यदल गठन

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीको प्रस्तावित नियमावलीलाई अन्तिम रुप दिन तीन सदस्यीय कार्यदल गठन गरेको छ । 

नेकपाको नियमावली टुंग्याउन तीन सदस्यीय कार्यदल गठन

कांग्रेसमा अब गुट रहदैन : देउवा

पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा रहेका सबै गुटको अन्त्यका लागि अभियान थालेको बताएका छन् । नेपाल प्रेस युनियन रामेछापले शनिबार बिहान मन्थलीमा आयोजना गरेको पत्रकार भेटघाटमा देउवाले भने, ‘अब कुनै गुट रहदैन, त्यसैका लागि म दौडिरहेको छु ।’ 

कांग्रेसमा अब गुट रहदैन : देउवा

सधैं बाढीकै पीडा

गत सोमबारयता भजनी ५ लालबोझीका पुरन चौधरी परिवारको कुनै रात चैनले बितेको छैन । आइतबार राति मस्तसँग निदाएका उनी बिहान उठ्दा निकै आत्तिए । घरभित्र बाढी पसेको थियो । निद्रामै रहेका लालाबालालाई हत्तपत्त ब्युँझाए ।

सधैं बाढीकै पीडा

शैक्षिक मेलामा उच्च शिक्षाको जानकारी

उच्च शिक्षा पढाइ हुने स्वेदश तथा विदेशका कलेजबारे जानकारी दिने उद्देश्यले राजधानीको भृकुटीमण्डपमा शुक्रबारदेखि शैक्षिक मेला सुरु भएको छ । कक्षा १२ र स्नातक तह सकेका विद्यार्थी लक्षित गरी ३ दिने काठमाडौं पोस्ट शैक्षिक मेला (मेगा एडुकेसन फेयर) आयोजना गरिएको हो ।

शैक्षिक मेलामा उच्च शिक्षाको जानकारी

दाहालका दु:ख

शक्तिशाली पार्टी अध्यक्ष पुष्पकमल दाहाल जति शक्तिशाली छन्, त्यति नै उनका दु:ख पनि छन् । उनले थुप्रै दु:खबीच आफ्नो राजनीतिक यात्रालाई अघि बढाएका छन् । ‘चार दशकभन्दा बढी सीताले साथ दिनुभयो, यस पटक म उपचार हुँदासम्म सँगै यहीं बस्छु,’ दाहालले सिंगापुरमा पत्नी सीताको उपचारका लागि १५ दिन सिंगापुर बस्दा भनेका थिए ।

दाहालका दु:ख

आयोगको निरन्तरताप्रति पीडितहरू असन्तुष्ट

द्वन्द्वपीडितहरूले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगलाई संशोधन गर्न बनेको प्रतिस्थापन विधेयकका केही प्रावधानप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् ।

आयोगको निरन्तरताप्रति पीडितहरू असन्तुष्ट

साउदी जेलमा नेपाली चालक

खार्मी–८, खोटाङका सुदीप तामाङलाई बिनालाइसेन्स १० चक्के ट्रेलर जबर्जस्ती चलाउन लगाइयो । गोरखा नेपाल म्यानपावरलाई एक लाख १० हजार रुपैयाँ शुल्क तिरेर २९ वैशाख २०७२ मा उनी साउद मुस अल हिदाइरस सिओ पाटनरसिप कम्पनीमा चालक काम गर्न गएका थिए । नेपालमा ट्रक चलाएका तामाङलाई १० चक्के ट्रेलर चलाउन लगाइयो ।

साउदी जेलमा नेपाली चालक

सरकारले निरंकुशता लाद्न खोज्यो : डा. केसी

चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको सुधारका अभियन्ता डा.गोविन्द केसीले सरकारले विगतका सम्झौता तोडेर निरंकुशता लाद्न खोजेको आरोप लगाएका छन् । लामो संघर्ष र सत्याग्रहपछि अघिल्लो सरकारले स्वास्थ्य शिक्षालाई गुणस्तरीय बनाउन सम्झौता गरे पनि त्यसलाई लत्याएर वर्तमान सरकार अघि बढ्न खोजेको उनको भनाइ छ ।

सरकारले निरंकुशता लाद्न खोज्यो : डा. केसी

सडकदेखि सदनसम्म केसी: कांग्रेसद्वारा संसद् अवरुद्ध

आमरण अनशनरत डा. गोविन्द केसीको जीवनरक्षा माग गर्दै प्रमुख प्रतिपक्षी कांग्रेसले दर्ता गराएको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल नभएपछि शुक्रबार संसद् बैठक अवरुद्ध भएको छ ।

सडकदेखि सदनसम्म केसी: कांग्रेसद्वारा संसद् अवरुद्ध