रुखले च्यापिएर २ कामदारको मृत्यु 

अर्जुन शाह

धनगढी — बाजुराको गौमुल गाउँपालिका–३ गर्जेमा काठ चिर्न गएका २ कामदारको रुखले च्यापिएर मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । 

रुखले च्यापिएर २ कामदारको मृत्यु 

स्थानीय अगुवा तुलाबहादुर रोकायाका अनुसार मृत्यु हुनेमा गौमुल –३का २२ वर्षीय भीमबहादुर बोहरा र गर्जे गाउँका २३ वर्षीय धर्मबहादुर बोहरा रहेका छन् ।


गम्भीर घाइते खण्टे बोहरालाई उपचारका लागि जिल्ला अस्पताल मार्तडी ल्याउन लागिएको रोकायाले बताए ।


काठ चिरानको काम गर्ने उनीहरु गर्जेस्थित रातीमाटाको पानीको ट्यांकी नजिकै पाल टाँगेर बसेका बेला शुक्रबार राति चलेको हावाहुरीले रुख ढल्दा उनीहरु च्यापिएकाे रोकायाले बताए ।


जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराले घटनास्थलतर्फ प्रहरीको टोली पठाइएको जानकारी दिए। संचार सम्पर्क नहुने क्षेत्र भएकाले घटनाको विस्तृत विवरण नआएको नायब उपरीक्षक बोहराले बताए । घटनास्थल सदरमुकाम मार्तडीदेखि ६ घण्टाको पैदल दूरीमा पर्दछ ।

प्रकाशित : असार २३, २०७५ १४:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?