कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

१५ वर्षीय जुम्ल्याहाले बनाए रोबर्ट 

अमृता अनमोल

बुटवल — बुटवलमा एक जुम्ल्याहा दाजूभाईले बहुउपयोगी रोबर्ट  बनाएका छन् । कद्दरबहादुर रीता नविन औद्योगिक माविमा कक्षा १० अध्ययनरत लव र कुश पन्थीले रोबर्ट  बनाएका छन् । 

१५ वर्षीय जुम्ल्याहाले बनाए रोबर्ट 

चर्चित भारतीय चलचित्र रोबर्टबाट प्रभावित भएर उनीहरुले उक्त रोबर्ट बनाएका हुन् । रजनीकान्तको अभिनय रहेको उक्त फिल्ममा रोबर्टबारे निकै चाखलाग्दो तरिकाले निर्माण गरिएको थियो । चलचत्रिमा देखाइउको दृश्यहरुलाई पच्छाउँदै लवकुशले इन्टरनेटको माध्यमबाट उक्त रोबर्ट बनाएका हुन् ।


रोबर्टले ८० भाषालाई परिवर्तन गर्न सक्ने,मान्छे चिनाउन,ठाँउ पत्ता लगाउन र विद्युतीय उपकरण खोल्न र बन्द गर्न सक्छ । एक वर्ष लगाएर निर्माण गरिएको रोबर्टमा रेस्पियन लिनक्स ओपरेटिङ सिस्टम जडान गरिएको छ ।

लव र कुशले यो रोबर्टको नाम गो–गो राखेका छन् । यसले शरीरका अंगहरु पनि नियन्त्रण गर्न सक्छ । रोबर्टले विश्वका महत्वपूर्ण ठाउँहरु, कार्यालय होटल अस्पताल आदिको फोन नम्बर बताउँछ ।

रोबर्टले आफै फोटो र भिडियो खिच्ने उनीहरुले बताए । । भोक लाग्दा, बिरामी हुँदाको जानकारी गराए नजिकैका होटल, रेष्टुरेण्ट र अस्पतालहरुको नाम र ठेगाना समेत बताउँछ ।


रोबर्ट बनाउनका लागि उनीहरुले नेपाल र भारतका विभिन्न ठाउँबाट सामान ल्याएका थिए । यसकालागि उनीहरुले करिब ३० हजार खर्च गरे ।

तस्बिरहरु : अमृता अनमोल

प्रकाशित : असार २३, २०७५ १७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?