१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

एक करोड रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ

भूषण यादव

वीरगन्ज — पर्सा प्रहरीले वीरगन्ज महानगरपालिकाको रानीघाटबाट ठूलो परिणामको रकमसहित एक हुन्डी कारोबारीलाई नियन्त्रणमा लिएको छ । 

एक करोड रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ

अवैध रुपमा वित्तिय कारोबार सञ्चालन भइरहेको सूचनाको आधारमा प्रहरीले महेश केशरीको घरमा आइतबार विहान छापा मारेको थियो । स्रोत नखुलेको एक करोड १५ लाख रुपैयाँ र विभिन्न कागजात बरामद भएको प्रहरी उपरीक्षक रेवती ढकालले जनाए ।


हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले राहुल केशरीलाई नियन्त्रणमा लिएको छ । आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग काठमाडौंमा पठाइने एसपी ढकालले बताए ।


५ महिना अगाडि पनि पर्सा प्रहरीले वीरगन्ज महानगरपालिकाको घन्टाघरदेखि बसपार्क जाने लिंकरोडमा रहेको दक्षिणकाली अटो पार्टसमा छापामारी करिब ५६ लाख रुपैयाँ नगद सहित आधा दर्जन बैंकका तीन दर्जन चेकबुक, मोबाइल र कागजात बरामद गरेको थियो ।


यस्तै करिब साढे २ वर्ष अगाडि पनि प्रहरीले वीरगन्जको रेशमकोठीबाट एक करोड ३२ लाख ७८ हजार रुपैयाँसहित हुन्डी कारोबारीलाई नियन्त्रणमा लिएको थियो ।


मुलुकको प्रमुख व्यापारिक सहर वीरगन्जमा विगत लामो समयदेखि हुन्डी कारोबार फस्टाएको छ । व्यवसायीका अनुसार मुलुकको प्रमुख भन्सार नाका समेत भएको यहाँ आयातित वस्तुको न्यून मूल्यांकन गरी प्रतीतपत्र मार्फत थोरै रकम पठाउने र ठूलो रकम हुन्डीबाट पठाउने प्रचलन बढी छ ।

प्रकाशित : असार २४, २०७५ १८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?