१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

भुटानबाट सुन तस्करी 

पर्वत पोर्तेल

काँकडभिट्टा — सुन तस्करीका लागि सिक्किमको नाथुलालाई वैकल्पिक मार्गको प्रयोग गर्न सुरु गरेका  अन्तरदेशीय संगठित गिरोहले भुटानबाट समेत तस्करी सुरु गरेका छन् । 

भुटानबाट सुन तस्करी 

गत शनिबार भारत–बंगलादेश सीमा नजिकै घोषपुकुर वाइपाइपास क्षेत्रबाट १० किलो सुनसहित दुई भारतीय पक्राउ परेका थिए ।


सुनको बजार मूल्य भारु साढे ३ करोड हुन्छ । केन्द्रीय राजश्व गुप्तचर विभागले विशेष सूचनाका आधारमा सुनसहित भारत विहारका शौरभकुमार जैन र दिलिपकुमार चौरासियालाई पक्राउ गरेको थियो ।


अभियुक्तहरुको बयानलाई उद्धृत गर्दै एक गुप्तचर अधिकारीले जनाए अनुसार भुटान हुँदै सुन विहारतिर लैजाने तयारी हुँदै थियो । ती अधिकारीले भने,‘नाथुलासँगै भुटानबाट समेत सुन तस्करी भइरहेको रहस्य बाहिर आएको छ ।’


गत २७ जुनमा २ किलो र त्यसअघि नाथुला मार्गबाट आएको ३२ किलो सुन गुप्तचरले बरामद गरेको थियो । गुप्तचर स्रोतका अनुसार पछिल्लो समय पश्चिम बंगालको दोस्रो ठूलो सहर सिलिगुडी सुन तस्करीको ‘ट्रान्जिट’ बन्दै गएको छ ।


गुप्तचर स्रोतका अनुसार विगतमा नेपालबाट तस्करी भएर सुन भारत पुऱ्याइन्थ्यो । तर, ३३ किलो सुन कान्डका कारण अहिले नेपालबाट सुन जान पाएको छैन ।


जसका कारण सुन तस्करीका संगठित गिरोहले कहिले नाथुला त कहिले भुटानको रुटबाट सुन भारत पठाइरहेको छ ।

प्रकाशित : असार २५, २०७५ १७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?