कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

अब श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार ४ सय ५० रुपैयाँ

होम कार्की

काठमाडौँ — रोजगारदाता र ट्रेड युनियनको सहमतिमा सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार ४ सय ५० रुपैयाँ निर्धारण भएको छ ।

अब श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार ४ सय ५० रुपैयाँ

न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिसमा श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी घोषणा गरेको हो । यो पारिश्रमिक साउन १ गतेबाट लागू गर्ने श्रम मन्त्री गोकर्ण विष्टले बताए ।


आइतबार भएको छलफलमा रोजगारदाता आफूले प्रस्ताव गरेको १२ हजार ५ सय रुपैयाँबाट बढाएर १३ हजार ४ सय ५० रुपैयाँ दिन तयार भएका हुन् । ट्रेड युनियनले १७ हजार रुपैयाँबाट घटेर १४ हजार ५ सय रुपैयाँ दिनुपर्ने अडान राखेका थिए ।


यस्तै अब दैनिक ज्यालादारीमा काम गर्नेले ५ सय १७ रुपैयाँ र घण्टाका आधारमा काम गर्नेले प्रति घण्टा ६९ रुपैयाँ पाउने भएका छन् ।


सरकारले चिया बगानमा काम गर्ने र घरेलु कामदारको पारिश्रमिक छिट्टै तोक्ने जनाएका छन् ।

प्रकाशित : असार २५, २०७५ १८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?