३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

टिपर दुर्घटनामा ज्यान गुमाएका परिवारलाई ५ लाख

काठमाडौँ — सरकारले मुस्ताङको स्याङबोचेमा टिपर दुर्घटनामा परी मृत्यु भएका २० जनाको परिवारलाई ५ लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने घोषणा गरेको छ । 

टिपर दुर्घटनामा ज्यान गुमाएका परिवारलाई ५ लाख

प्रतिनिधिसभामा सोमबार गृहमन्त्री रामबहादुर थापाले टिपर दुर्घटनामा परी मृत्यु भएकाको परिवारलाई राहतस्वरूप ५ लाखका दरले आर्थिक सहायता दिने निर्णय भएको जानकारी दिए ।


मुस्ताङको स्याङ्बोचेमा शुक्रबार टिपर दुर्घटनामा परी कालीगण्डकी करिडोर निर्माणमा संलग्न २० मजदुरको मृत्यु भएको थियो । दुर्घटनामा चालकसहित रोल्पाका ९, दाङका ६, धादिङका १, स्याङ्जाका १, ओखलढुंगाका १, कपिलवस्तुका १ र कैलालीका १ जनाको मृत्यु भएको थियो ।


गृहमन्त्री थापाले घटनामा घाइते भएका १२ जनाको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको जानकारी दिँदै उनीहरूको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने बताए ।

प्रकाशित : असार २५, २०७५ २०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?