चिकित्सकहरुको विरोध कार्यक्रम : दैनिक एक घन्टा आकस्मिकवाहेकको सेवा ठप्प पार्ने

अतुल मिश्र

काठमाडौँ — नेपाल चिकित्सक संघले बुधवारदेखि देशभरीका सवै स्वास्थ्य संस्थाहरुमा विहान दिनहुँ एक घन्टा काम नगरी आफनो अनुकुलको विरोध प्रदर्शण गर्ने निर्णय गरेको छ ।

चिकित्सकहरुको विरोध कार्यक्रम : दैनिक एक घन्टा आकस्मिकवाहेकको सेवा ठप्प पार्ने

सरकारले समस्या समाधान गर्न पहल नगरे यो समय बढाउदै लगेर इमर्जेन्सी बाहेकको सेवा बन्द गर्ने स्थिति आउन सक्ने समेत चेतावनी संघले दिएको छ ।


संघले ११ दिनदेखि अनसन बसेका प्रा.डा. गोविन्द केसीको जीवन रक्षाको लागि बृहत छलफल पछि सर्वसम्मत निर्णयबाट विरोध कार्यक्रमको घोषणा गरेको जनाएको छ । डा. केसीले उठाउँदै आएका चिकित्सा शिक्षा र स्वास्थ्यसंग सम्वन्धित जायज मागहरुलाई समर्थन गर्दे आएको छ ।


‘भोली (वुधवार) देखि सबै स्वास्थ्य निकायमा विहान दिनहुँ एक घन्टा विहान १० देखि ११ बजे काम नगरी आफूलाई पायक पर्ने विरोध कार्यक्रम सञ्चालन हुनेछ’, चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले भने ।

यस पछि समेत सरकारले समस्या समाधान नगरे यो समय बढाउदै लग्दै अन्तत: इमर्जेन्सी वाहेकको सवै सेवा बन्द गर्ने समेत उनले बताए ।


यस्तै संघका मुलुकभरीका शाखाहरुले सम्बन्धित जिल्लाका शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) संग समन्वय गरी संघले सञ्चालन गरेका कार्यक्रमहरुका विषयमा छलफल गरी सहयोग पुर्‍याउने अपिल गर्ने निर्णयसमेत चिकित्सकहरुले गरेका छन् ।

प्रकाशित : असार २६, २०७५ १९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?