बाढी पहिरोका कारण देशभर ५० जनाको मृत्यु

जनकराज सापकाेटा

काठमाडौँ — केही दिनयता अविरल वर्षाका कारण देशका विभिन्न ठाउँ आएको बाढी पहिरोका कारण ५० जनाको मृत्यु भएको छ ।

बाढी पहिरोका कारण देशभर ५० जनाको मृत्यु

गृह मन्त्रालयले मंगलबार विज्ञाप्ति निकाल्दै बाढी पहिरोका कारण ९ जना बेपत्ता र २२ जना घाइते भएको उल्लेख छ । बेपत्ताको खोजी र घाइतेको उपचार भइरहेको गृह मन्त्रालयले विज्ञाप्ति मार्फत जनाएको छ ।


बाढ, पहिरो, डुबान र चट्याङ्बाट प्रभावितको उद्धार र राहत वितरणमा सेना,प्रहरी, स्थानीय प्रशासन स‌ंघस‌ंस्था परिचालन गरिएको मन्त्रालयलयले जनाएको छ । क्षति भएका सडक पुल लगायत अत्यावश्यक सेवाहरुलाई वैकल्पिक उपाय अवलम्बन गरी यथाशीघ्र सञ्चालन गर्न निर्देशन दिएको छ ।


मन्त्रालयले उद्धार तथा खोज कार्यका लागि हेलिकप्टर प्रयोग गरेको जनाएको छ । सतर्कता र तयारीका लागि सुरक्षा इकाइ र स्थानीय प्रशासन तयारीमा राखिएको मन्त्रालयका प्रवत्ता एवं सहसचिव रामकृष्ण सुवेदीले विज्ञप्ति मार्फत जानकारी गराएका छन् ।

प्रकाशित : असार २६, २०७५ २०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?