कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

बलात्कारमा बालिका बढी

हेटौंडा — मकवानपुरमा बलात्कार घटना बढिरहेको पाइएको छ । चालु आवको ११ महिनामा मात्र १८ जना बलात्कृत भएका छन् । यिनमा सबैभन्दा बढी बालिका छन् ।
बालिकाको सुरक्षामा परिवार गम्भीर नहुँदा यस्ता घटना दोहोरिने गरेको सरोकारवालाको ठम्याइ छ ।

बलात्कारमा बालिका बढी
बढीजसो बलात्कार छिमेकी र आफन्तबाटै भएको छ । गत साउनदेखि असारसम्म ५ वर्षदेखि १५ वर्षसम्मका १४ बालिका बलात्कृत भएका छन् । घटनामा संलग्न सबै पक्राउ परेको प्रहरी उपरीक्षक बुद्धि गुरुङले बताए । ‘अधिकांश घटनामा आफन्त र छिमेकी नै पीडक छन्,’ उनले भने ।


असार १५ गते राति हेटौंडा उपमहानगर–४ की १३ वर्षीयालाई झडकेला बाबुले बलात्कार गरे । प्रहरीले आरोपितलाई पक्रेर मंगलबार मुद्दा चलाएको छ । यसै गरी इन्द्रसरोवर गापा–३ की ११ वर्षीयालाई छिमेकी २७ वर्षीय राजकुमार रानाले जेठ २३ गते स्थानीय जंगलमा बलात्कार गरे । बालकबाटै पनि बलात्कारका घटना भएको पाइएको छ ।


बाग्मती गाउँपालिका ७ का ११ वर्षीय बालकले जेठ ५ गते स्थानीय ९ वर्षीया बालिकालाई बलात्कार गरेका थिए । उनलाई अदालतको आदेशमा बालसुधार गृहमा राखिएको छ । अधिकांश घटनामा आरोपित पक्राउ पर्नुका साथै जेल गएका छन् । तर घटनामा कमी आएको छैन ।


बालबालिका क्षेत्रमा लामो समयदेखि कार्यरत सिविन हेल्पलाइन मकवानपुरका प्रमुख झविन्द्र ज्ञवालीको तर्कमा बालिकाहरूलाई अधिकांश परिवारले हेयभावले हेर्ने र संरक्षणमा ध्यान नदिँदा बलात्कृत हुने गरेका छन् ।


प्रकाशित : असार २७, २०७५ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?