१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

नारायणगढ मुग्लिन सडक भास्सियो, सडक एकतर्फी सञ्चालनमा

रमेशकुमार पौडेल

चितवन — नारायणगढ मुग्लिन सडकको गाइघाट नजिक अचानक सडक भास्सिएको छ । सडकमा समस्या आए पनि सवारी आवागमन भने सुचारु नै छ ।

नारायणगढ मुग्लिन सडक भास्सियो, सडक एकतर्फी सञ्चालनमा
नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार मंगलबार साँझ सो क्षेत्रमा ठुलो पानी आएर पहिरो पनि गएको थियो । त्यसपछि सडक भास्सिएको हो ।

‘नाराणगढबाट १७ किलो मिटर पर मुग्लिनतर्फ गाइघाट नजिक समस्या आएको हो । लगभग २० मिटर लम्बाइमा आधा सडक भास्सिएको छ । भास्सिने समस्या बढ्ने अवस्थामा छ । त्यो ठाउँमा गाडी भने एकतर्फी चलेका छन् । के कारणले यो समस्या आएको हो ? विज्ञ टोली आजै आएर सोध खोज गर्दै छ,’ सूचना अधिकारी खनालले भने । तीन वर्षअघि विस्तारको काम सुरु भएको नारायणगढ मुग्लिन सडकको लगभग ९५ प्रतिशत काम पुरा भएको छ ।





प्रकाशित : असार २७, २०७५ ११:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?