२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

आज देशभर १ घण्टा स्वास्थ्य संस्था बन्द

डा. केसीको जीवन रक्षाका लागि विरोध

काठमाडौँ — नेपाल चिकित्सक संघले डा. गोविन्द केसीका मागहरूको समर्थन गर्दै बुधबार देशभरका सबै स्वास्थ्य संस्थामा एक घण्टा विरोधको कार्यक्रम गरेको छ । संघले केसीको जीवनरक्षाका लागि दबाब दिन १ घण्टा काम नगर्ने निर्णय गरेको हो । उसले मंगलबार नै सरकारले डा. केसीको माग सम्बोधन नगरे बुधबारदेखि विरोध स्वरुप १ घण्टा स्वास्थ्य संस्था गर्ने निर्णय गरेको थियो । 

आज देशभर १ घण्टा स्वास्थ्य संस्था बन्द

आज देशभरका स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मीले १ घण्टा काम छाडेर विरोध, धर्ना लगायतका गतिविधि गरेका थिए । चिकित्सक संघका अध्यक्ष डा.मुक्तिराम श्रेष्ठका अनुसार उक्त समयमा बहिरंग सेवा ठप्प भएको थियो भने इमरजेन्सी भने खुलै थियो ।


उनका अनुसार वीर अस्पतालका स्वास्थ्यकर्मीले १० देखि ११ र टिचिङ अस्पतालका स्वास्थ्यकर्मीले ११ देख १२ बजेसम्म विरोध प्रदर्शन गरे भने अरु ठाउँमा विरोध जारी छ ।


सरकारले समस्या समाधानको पहल नगरे यो समय बढाउँदै लगेर इमर्जेन्सीबाहेकको सेवा बन्द गर्ने चेतावनी पनि संघले दिएको छ । विरोध कार्यक्रमको घोषणा सर्वसम्मतिमा गरिएको पनि संघले जनाएको छ । डा.केसीले उठाउँदै आएका चिकित्सा शिक्षा र सेवासँग सम्बन्धित जायज मागलाई संघले समर्थन गर्दै आएको छ ।


श्रेष्ठले देशभरका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीले आफू अनुकुल विरोध प्रदर्शन गरिरहेका जानकारी दिए । उनले भने, 'खासमा हामीले बिहान १० देखि ११ बजेसम्म विरोध गर्ने भनेका थियौं । तर स्वास्थ्यकर्मीहरुले आफू अनुकुल विरोध गरिरहनुभएको छ । सरकारले माग सम्बोधन गरेन भने हामी १ घण्टा हैन अनिश्चितकालीन बन्दमा उत्रन सक्छौं ।'

प्रकाशित : असार २७, २०७५ १२:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?