३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

उपत्यकाका तीनै जिल्लामा दिउँसो टिपर चलाउन प्रतिबन्ध

काठमाडौँ — टिपरको ठक्करबाट मृत्युका घटना बढेपछि गृह मन्त्रालयले दिउँसोको समयमा काठमाडौं उपत्यकाका तीनै जिल्लामा टिपर चलाउन प्रतिबन्ध लगाउने निर्णय गरेको छ । 

उपत्यकाका तीनै जिल्लामा दिउँसो टिपर चलाउन प्रतिबन्ध

बुधबार गृहमन्त्रालयले राति आठ बजेदेखि बिहान ५ बजेसम्म मात्रै टिपर चलाउने व्यवस्था गर्न उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र महानगरीय प्रहरी ट्राफिक महाशाखालाई निर्देशन दिएको छ ।


मंगलबार मात्रै जडीबुटीमा टिपरको ठक्करले झापा घर भई दूधपाटी बस्ने रोयल सुवेदीको मृत्यु भएको थियो । उक्त स्थानमा जेठ तीसमा पनि टिपरको ठक्करबाट स्कुटरम रहेकी अस्मिता राजभण्डारीको मृत्यु भएको थियो ।


महानगरीय प्रहरी ट्राफिक महाशाखाका अनुसार आर्थिक वर्ष २०७४/७४ को जेठ महिनामा मात्रै टिपरले १९ जनाको ज्यान लिइसकेको छ ।

प्रकाशित : असार २७, २०७५ १७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?