कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

त्रिवि सभा साउनमा

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय (त्रिवि) को स्थगित सभा साउन पहिलो साता हुने भएको छ । यसबारे विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी ओलीलाई लिखित जानकारी दिइएको उपकुलपति तीर्थराज खनियाँले जनाएका छन् ।

त्रिवि सभा साउनमा

गत वैशाख २३ गतेलाई तय गरिएको सभा प्रधानमन्त्री र शिक्षामन्त्रीको अनुपस्थितिका कारण स्थगित भएको थियो । ‘त्रिविको स्थापना दिवसको सन्दर्भसमेत जोडेर कार्यतालिका बनाएका छौँ,’ उपकुलपति खनियाँले भने, ‘साउन ५ गते झण्डोत्तोलनसहित सिनेट बैठक बस्छ ।’ बैठकमा त्रिविको आंगिक क्याम्पसका जग्गादातालाई सम्मान गरिने जनाइएको छ ।


तिनमा पर्साको ठाकुरराम क्याम्पस, जनकपुरको रामसागर रामस्वरूप क्याम्पस, सिरहाको सूर्यनारायण सत्यनारायण मरवैता क्याम्पस, राजविराजको महेन्द्रविन्देश्वरी क्याम्पस र झापाको मेची बहुमुखी क्याम्पसका जग्गादाता छन् ।


त्यसैगरी बैठकले २०७४ सालको विद्यार्थीको ‘ग्रेस लिस्ट’ पास गर्नेछ । परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार दीक्षान्तयोग्य ७५ हजार विद्यार्थीको ‘ग्रेस लिस्ट’ छ ।


बैठकमा आगामी आर्थिक वर्षको बजेट पनि अनुमोदन हुनेछ । त्रिभुवन विश्वविद्यालयको इतिहास पुस्तकसमेत विमोचन हुने जनाइएको छ ।

प्रकाशित : असार २७, २०७५ १९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?