कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

सिन्डिकेट फर्काउन असम्भव : गृहमन्त्री

काठमाडौँ — गृहमन्त्री रामबहादुर थापाले यातायात क्षेत्रमा ‘सिन्डिकेट’ फर्काउन असम्भव रहेको जनाउँदै यसका लागि गरिने कुनै प्रयास सफल नहुने दाबी गरेका छन् ।

सिन्डिकेट फर्काउन असम्भव : गृहमन्त्री

सिन्डिकेट खारेजीपछि पनि यातायात समितिहरू प्रालिमा दर्ता नभएको र सार्वजनिक यातायातको विद्यमान प्रणालीबाट यात्रुले सुविधा नपाएको भन्दै आलोचना भइरहँदा उनले यस्ता प्रतिक्रिया दिएका हुन् ।


यातायात व्यवसायीको संस्था युनाइटेड ट्रान्सपोर्ट भलाइ एन्ड इन्भेस्टमेन्ट प्रालिले आयोजना गरेको ‘यातायात क्षेत्रको विद्यमान अन्योल, चुनौती र समाधान’ विषयक अन्तरक्रियामा गृहमन्त्रीले अहिले पनि मुठ्ठीभर व्यवसायीको मात्रै एकाधिकार र समृद्धि हुने, यो क्षेत्रमा आउन खोजेका हजारौं नयाँ व्यवसायीको बाटो रोक्ने गरी सिन्डिकेट फर्काउन षड्यन्त्र भइरहेको बताए ।


‘सिन्डिकेट रहेसम्म देशको विकास र समृद्धि सम्भव छैन,’ उनले भने । आयोजक संस्थाका अध्यक्ष राजेन्द्रप्रसाद तिवारीले यातायात व्यवसायी र सरकारबीच विद्यमान असमझदारी चिर्न अन्तरक्रिया गरिएको बताए ।

प्रकाशित : असार २७, २०७५ २०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?